२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

न आशावादी रहनु न निराशावादी

 प्रकाश विक 

 

न आशावादी रहनु, न निराशावादी, अहिलेको विषम परिस्थितिले मानिसलाई त्रसित बनाएको छ भयभित तुल्याएको छ। यस्तो अवस्थामा हामीले जे छ त्यो कुरालाई स्विकार गरी यथार्थवादी रहनु उचित हुन्छ।

कतिपय मानिस आफ्नो देवीदेउताको भाकल गरेको छु, होम यज्ञ गरेको छु र हामीलाई त देवीदेउताको बचाउँछ भन्ने धारणा बोकेर हिँडेका छन्। कसैलाई आफू एक वर्षसम्म कोरोनाले नछोएकाले आफूभित्रको प्रतिरक्षात्मक शक्तिमाथि घमन्ड गर्छन् । कोहीकोही घरेलु जडीबुटीमाथि विश्वस्त छन् र यो कोरोना त के हो योभन्दा १० गुणा शक्तिशाली कोरोना आए पनि हामी  ठीक हुन्छौ भनी झूटो आश्वासन र मूर्खतापूर्ण व्यवहार देखाइरहेका छन् । यस्तो आशावादी सोचले देश र समाज झन् संकटमा पर्ने देखिन्छ। अहिले  कोरोना तीव्र गतिमा फैलिनुको यो एउटा आशावादी सोच पनि हो भन्न सकिन्छ। मानिस धेरै आशावादी हुनु एक सतुरमुर्ग जस्तो हो, जो कि शारीरिक रूपमा ठूलो भए पनि आफ्नो बलियो खुट्टाको सहायताले ७० किलोमिटर प्रतिघटनाको रफ्तारमा दौडिन सक्ने भए पनि जब सतुर्मुर्गलाई खतराको अनुभूति हुन्छ, त्यतिबेला आफ्नो टाउको बालुवाभित्र  राख्छ र मरे जस्तै गरी पल्टिदिन्छ। शत्रुले सजिलै हमला गरी आफ्नो सिकार बनाउँछ।  सुतुर्मुर्गको  विचारमा जो वस्तु देखिन्न त्यो छैन भन्ने हुन्छ समस्या देखिन्छ भने आँखा बन्द गर्नुपर्छ भन्ने हुन्छ। तर, त्यो एक मूर्खता मात्र हो। कसैले भन्छन् हामी कोरोनालाई मान्दैनौं, तीर्थव्रत गर्छन्, भोजभतेर गर्छन् तर  विडम्बना उनीहरूले कोरोना नमाने के भो कोरोनाले त  मान्यो।  संक्रमित भएर हस्पिटल पुगेका छन्। तर धेरै आशावादी विचारले पनि समस्या निम्त्याउने रहेछ त।

त्यस्तै समाजमा अर्को छ निराशावादी विचार छ। उनीहरूलाई आफ्नो  नजिकको नाता पर्नेकोको जन्म दिन थाहा नहोला, तर कोरोनाका कारण आज मृत्यु भएको, हिजो मृत्यु भएको नयाँ संक्रमण भेटिएका, कोरोनालाई जितेका मानिसको संख्या सबै थाहा हुन्छ । दिनभरि त्यही कोरोनासम्बन्धी समाचार हेर्ने, आफ्नो आत्मबललाई कमजोर पारिहेका हुन्छन्। उनीहरू पलपल निराशामा बाँचिरहेका हुन्छन् । आफूलाई यति भयभीत र त्रसितमा राखेका हुन्छन् कि कोरोना नजिक आयो भनी सुन्नेबित्तिकै हतोत्साहित हुने नैराश्यतामा जाने  र आफ्नो नियन्त्रण गुमाउने देखिन्छन्। जसका कारण अनिद्राको सिकार हुने, एक ठाउँमा बस्न मन नलाग्ने र आफूलाई कुनै काममा केन्द्रित गर्न नसकिने समस्या देखिन सक्छ।

हामीले यथार्थ के हो बुझ्नुपर्छ, न आशावादी न निराशावादी तथ्य सत्यवादी हुनुपर्छ। सही जानकारी सही स्रोतबाट लिनु आवश्यक हुन्छ। वास्तविकतालाइ स्वीकार्नुपर्छ। जबसम्म हामी वास्तविकतासँग परिचित हुँदैनौं तबसम्म हामी समस्याको सामना गर्न सक्दैनौं । सो समस्यासँग लड्न हामीले आफ्नो दैनिकीलाई कसरी जिउनुपर्छ त्यसतर्फ बढी ध्यान दिनुपर्छ । स्वस्थवद्र्धक खानेकुरा खानुपर्यो, सही व्यायाम गर्नुपर्यो, आफूभित्र  कलाको विकास गर्नुपर्यो।

कोरोनाले मानिसलाई शारीरिक अस्वस्थ मात्र होइन मानसिक अस्वस्थ पनि बनाउँछ। अहिलेको समय परिस्थितिमा दैनिक परिश्रम गरी खानेको हातमुख नजोडिने अवस्था छ र त्यसमा पनि कोरोनाको डर  व्यापार व्यवसाय लकडाउनले थला परेको छ। व्यापारीले लगाएको पुँजी पनि  बजारबाट नउठेपछि आत्महत्या गर्ने बाटो हेर्दै छन्। निजी तथा सरकारी बैंक वित्तीय संस्थाका र कार्यालयका कर्मचारी  ज्यानको जोखिम मोल्दै काम गर्ने अस्वस्थ। उता सांसद् भवनमा सदन चलिरहेका छन्। राजनीतिक व्यापार भइरहेको छ।  सरकारी कार्यालय चलिरहेको छ ।सर्वसाधारणलाई बाँधेर आफू खुल्ला खेल खेल्दै छन् ।

यहाँ चिन्ता जनताको होइन शासन र सत्ताको छ। चिन्ता बिरामीलाइ कसरी अक्सिजन दिऊँ भन्ने होइन, आफ्नो घरलाई वातानुकूलित कसरी बनाऊ भन्ने छ। चिन्ता औषधिको होइन, चिन्ता आफ्नैको छ। चिन्ता अस्पतालको होइन, चिन्ता धरहराको छ। चिन्ता चिता व्यवस्थापनको होइन, चिन्ता आफू कसरी व्यवस्थित हौ भन्ने छ।

जनताको थाप्लोमा कोरोनाको पिरको भारीको साथै राजनीतिक खिचातानीको भारी झन् थुपादिएका छन्।  

जसले गर्दा सर्वसाधारण जनतालाई तनाव छ, चिन्ता छ, डर छ, त्रास छ। जसको कारण सर्वसाधारण जनता मानसिक समस्याबाट ग्रसित छन्।

अब यो देशमा आफ्नो सुरक्षा आफैले गर्नु छ हामी शारीरिक सुरक्षाका लागि साबुनपानी र स्यानिटाइजरले  हात धुन्छौ, मास्क लगाउँछौ, सामाजिक दूरी राख्छौ तर मानसिक स्वास्थका लागि के गर्छौ त ?

सर्वप्रथम त हामीले सत्यतथ्यलाई बुझी मनोबल उच्च राख्नुपर्छ। त्यसका लागि हामीले सकारात्मक हुनु अति आवश्यक हुन्छ। हामी जस्तोसुकै कठिनाइ आए पनि तथ्य के हो पत्ता लगाई त्यसको सामना गर्ने हिम्मत राख्नुपर्छ। हामीभित्रको अवचेतन मनलाई सकारात्मक पक्षमा केन्द्रित गर्नुपर्छ।   सकारात्मक प्रतिफल हुन्छ र नकारात्मक पक्षलाई केन्द्रित गरे नकारात्मक प्रतिफल प्राप्त हुन्छ। यसलाई ‘ल अफ अट्रयाक्सन’  भनिन्छ।  ‘ल अफ अट्रयाक्सन’ लाई एउटा कथाबाट प्रस्ट बुझिएला भन्ने आशा गरेको छु !!

केही वर्ष पहिले  वैज्ञानिकलाई मनोवैज्ञानिक परीक्षण गर्न  मन लागेछ  र जेलर कहाँ जान्छन् र आग्रह गर्दछन् कि हामीलाई एउटा अपराधी चाहियो जसको सजाय भोलिपर्सिसम्म मृत्यु होस्। जेलरले  भनेछन्, एक जना कैदी छन् उसलाई भोलि फाँसी दिन गइरहेका छन्।

वैज्ञानिकहरूले भने छन् त्यसो भए उहाँलाई हामीलाई सुम्पिदिनुस् हाम्रो सानो मनोविज्ञानको प्रयोग छ।  यदि भोलि नै उहाँको अन्तिम दिन हो भने दिनुस् हामीलाई  लिएर जान्छौ।

त्यहाँको अनुमति अनुसार वैज्ञानिकहरू अपराधीलाई लिएर जान्छन्। वैज्ञानिकहरू सो व्यक्तिलाई भन्छन्– भोलि तिम्रो पीडारहित मृत्यु हुनेछ।  तिमीलाई विशेष किसिमको कुर्सीमा राखिने छ, आँखामा कालोपट्टी बाँधिने छ, हातखुट्टा बाँधिने छन् र तिम्रो सानोसानो नसा (नभ्स) बाट रगत निकालिने छ र यसको प्रक्रिया ३५ मिनटको हुनेछ, ठीक ३५ मिनटमा तिम्रो मृत्यु हुनेछ। यसरी त्यो व्यक्तिलाई सम्झाउँछन् र एउटा राम्रो आरामदायक कोठामा थुनिदिन्छन्। राम्रोराम्रो खाने कुरा राखिदिन्छन्।

त्यो रातभरि अपराधीलाई निद्रा पटक्कै लाग्दैन।  कोल्टो फर्किन्छ। त्यही कुरा मनमा खेल्छ।  उत्तानो पल्टिन्छ। भोलिको मृत्यु आँखामा झलझली देख्छ। रातभरि आफूले आफूलाई मृत्यु कसरी होला कत्तिको पीडा होला भनी सोच्दासोच्दै उज्यालो हुन्छ। हातमुख धुन्छ, ब्रस गर्छ, केहीबेर फेरि ओछयानमा पल्टिन्छ। फेरि पनि त्यही मृत्युको कुरा मस्तिस्कमा घेरिरहेको हुन्छ।

केही बेरपछि ३ जना डाक्टर आफ्नो औजार झोलासहित ड्रेसमा आउँछन् र अप्रेसन थिएटरमा लिएर जान्छन्। सो व्यक्तिलाई कुर्सीमा राख्छन्, हातखुट्टा बाँध्छन् । आफ्नो औजार खोल्छन्, मसिना पाइपहरू, सुईहरू र पारदर्शी गलासको भाँडो सबै खोलेर राख्छन्। डाक्टरहरू अब ठीक  छ भनी एक अर्काको  मुख हेर्छन्। त्यसपछि सो व्यक्तिको आँखामा कालो पट्टी बाँधिन्छन् र डाक्टरहरू भन्छन्– तिमीलाई कुनै पीडा हुँदैन। अब हामी तिम्रो नसाबाट सबै रगत यो भाँडोमा निकाल्ने छौं। तिम्रो मृत्यु हुनेछ। एकदम सजिलो र सहज तरीकाले तिमीलाई थाहा पनि हुने छैन। डाक्टरहरू यताउता औजार चलाउँछन्, पाइप समाउँछन्, यो औजार कहाँ छ, त्यो औजार कहाँ छ भनी डाक्टर एक आपसमा ठूलो स्वरले कराउँछन्। एउटा सानो पिनले हातमा घोचिदिन्छन् र पाइप लगाए जस्तो गर्छन्। अर्को एउटा पाइपबाट पानी  पारदर्शी भाँडोमा टपटप गरी खुवाउँछन्। डाक्टरहरू ठूलो स्वरमा भन्छन्– अब ३० मिनेटमा समय छ । डाक्टरहरू भन्छन् – यसरी पहिले पनि धेरै जनालाई मृत्यु दिएका थियो एक जना पनि बाँच्न सफल भएन।  त्यो मान्छे यसरी मरेको थियो, ऊ मान्छे यसरी मरेको थियो भन्दै कुरा गर्छन् । फेरि २० मिनटपछि भन्छन् –आधाभन्दा धेरै रगत झरी सकियो। अब केही मिनेट मात्र सास बाँकी छ। एक जना डाक्टर छतमा हात राख्छ र  अब धड्कन पनि बिस्तारै काम हुँदै छ भन्छ। त्यसको ५ मिनटभित्र  सो व्यक्तिले आफ्नो सास छोडिदिन्छ।  यसरी निर्धारित गरेको १० मिनट पहिले त्यो व्यक्तिको मृत्यु हुन्छ।

वास्तवमा हाम्रो अवचेतन मन यस्तो शक्तिशाली छ कि जे हामीले सोच्यौं त्यही हुन्छ। जुन कुरामा हामी आफ्नो अब चेतन मनलाई  केन्द्रित गर्छौ त्यो पक्कै प्राप्त हुन्छ। उसले आफू मर्ने कुरा त्यो व्यक्तिले आफ्नो अवचेतन मनले स्विकारिसकेको थियो। न त उसको रगत नै निकालिएको थियो न त उसलाई कुनै जहर नै दिएको थियो तर गरेको थियो त खालि उसको mष्लम जथउलयतष्अ गरेको थियो। उसको अवचेतन मनले  मृत्युलाइ स्विकारेको थियो, मृत्यु भयो।

त्यसै हामीले पनि आफूले आफूलाई सकारात्मक पक्षमा केन्द्रित गर्ने हो सकारात्मक प्रतिफल मिल्छ। मान्छे कोरोना कहरले होइन आफ्नै भित्री डरले मृत्युको मुखमा जाँदै छन् ।  

हामी तब डराउँछौ जब हामीलाई सही जानकारी हुँदैन। सही र सत्य जानकारी लिएर आफूले आफूलाई कसरी आउने समस्याबाट बचाउन सकिन्छ त्यसका लागि तयारी अवस्थामा बस्नुपर्छ।

डर सबैलाई छ। आफन्तजनको मृत्युले गर्दा  धेरैलाई पीडा भएको छ। भय र त्रसित धेरै छन् जसले गर्दा मानिसलाई अनिद्रा हुने, मन खिन्न हुनेछ । उदस्त नैराश्यले पिरोलेको छ।हामीले समस्या आइहाल्यो कसरी बाहिर आउने त्यो कुराको पूर्व तयारीका साथ बस्नुपर्छ। डाक्टरसँग सम्पर्कमा बस्ने, अस्पतालमा बेडहरू खाली छ कि छैन त्यसको जानकारी लिइरहने, अक्सिजन उपलब्ध कसरी हुन सक्छ त्यसको जानकारी  राख्नुपर्यो।  आफ्नो नजिकको एम्बुलेन्सको सम्पर्क नम्बर राख्नुपर्यो।

घरमा,साथीभाइसँग र नातागोतासँग राम्रो सम्पर्क राख्नुपर्यो। कोरोनाले सामाजिक दूरी राख भनेको तर भावनात्मक दूरी राख त भनेको छैन। त्यसैले सबै नातागोता, साथीभाइ र इष्टमित्रसँग सम्पर्कमा रहनु होला। सम्पर्क गर्दा सके जति भिडियो कलमा जोडिन ाबअष्ब िभहउचभककष्यलक देख्न  सकिन्छ जसले गर्दा हामी प्रत्यक्ष भेटेजस्तै हुन्छ। मानसिक तनाव, एक्लोपन, मनको अतुस कम हुने सम्भावना धेरै हुन्छ।शारीरिक स्वस्थसँगै मानसिक स्वस्थ पनि स्वस्थ्य हुन अति आवश्यक छ।

एक अर्काको भावनाको सम्मान गरौ। सामाजिक दूरीलाई भावनात्मक नजिकीमा परिणत गरौं। आफू  खुसी रहौं र अरूलाई पनि खुसी राखौ।

प्रकाशित: १ जेष्ठ २०७८ ०६:४६ शनिबार

अक्षर