२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
कला

सत्यवती सार्वजनिक

पत्रकार तथा साहित्यकार कमल रिजालद्वारा लिखित उपन्यास ‘सत्यवती’ सार्वजनिक भएको छ। व्यास र सत्यवतीको संवादमा अडेको उपन्यासले पूर्वीय दर्शनको सार, विशेषता, गुह्य गुदी र गूढ रहस्यलाई पिँधैदेखि उधिनेर सामाजिक विकृति र विसङ्गतिको ऐँजेरुलाई निर्ममतापूर्वक छिमल्ने काम गरेको लेखक रिजालले बताएका छन् ।

लेखक रिजालका अनुसार आमा सत्यवती र छोरा व्यासजीका बीचमा भएको संवादमा अडेको उपन्यासको जग महाभारत भए पनि यसले आधुनिक युगलाई समेत सम्बोधन गरेको बुझिएको छ।

उपन्यासमा सत्यवतीले व्यासजीलाई विधवा बुहारीहरूमार्फत् सन्तान जन्माउन बाध्य पार्दा के कस्तो नियति भोग्नुपरयो भन्ने निष्कर्ष खोजिएको लेखक रिजालले प्रष्ट पारेका छन् ।

साङ्ग्रिला बुकद्वारा प्रकाशित उपन्यासको पृष्ठ ३८६ र मूल्य४९५ रहेको छ। 

प्रकाशित: १५ वैशाख २०७८ ०९:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App