१६ वैशाख २०८१ आइतबार
image/svg+xml
कला

दाइजो ल्याइनस् भन्दै अझै नारी जिउँदै जलाइँदैछन्

मुक्तक

निर्मल कुँवर

             १)

दाइजो दिने धनदौलतले,बाबा मलाई पढ्न दिनु,

आत्मनिर्भर बन्ने मन छ, मलाई अघि बढ्न दिनु।

दाइजो ल्याइनस् भन्दै अझै, नारी जिउँदै जलाइँदैछन्,

यस्तो प्रथाविरुद्धमा, अब मलाई लड्न दिनु

             (२)

विदेश शहर ताक्छन् सबै, गाउँलाई हेला गरेका छन्,

गाउँमा अचेल बाबाआमा, एक्लैएक्लै परेका छन् ।

वृद्ध बाबाआमा सम्झी, सन्तान घर नफर्कँदा,

मर्ने बेला बाबाआमा ,पानी नपाई मरेका छन्।

              (३)

घरमा सँधै रुन्छिन् आमा, तेरो अभाब खड्कन्छ भनेर,

तँ नहुँदा मुखमा राखेको, गाँस पनि अड्कन्छ भनेर।

विदेश नबस् छिट्टै घर, फर्की आइज भन्दै रुन्छिन्,

मर्ने बेला हेरिनस् भने, मेरो आत्मा भड्कन्छ भनेर।

प्रकाशित: ९ वैशाख २०७८ ०४:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App