२६ आश्विन २०८१ शनिबार
image/svg+xml
कला

देशको रक्षक

लघुकथा

ममता मृदुल 

हातमा बोकेको मोबाइल फोनमा गफ गर्दै डिएसपी सविनसहित चार जना घरमा आए । माथिबाट रुविनाले हेरिरहेकी थिइन् । अग्लो गोरो सुन्दर सविन टाढाबाट हेरे पनि मनपर्यो । केटाकेटी हेराहेर भयो । रुविनाको सविनसँग बिहे भयो।

बिहे भएको सात वर्ष भयो । छोरा पाँच वर्षको भैसकेको छ । रुविनालाई सविनले जागिरमा कहिले लगेनन्। बुढा ससुरासासूको स्याहार र छोरा हुर्काउँदा रुविनाको दिन बित्थ्यो । सधैँ बिहानबेलुका फोन गरेर सविनले रुविनालाई मायाको आभास गराइरहे। 

रुविनालाई थाहा छ। उनको हत्तपत्त छुट्टी हुँदैन। शान्ति सुरक्षाको जिम्मेवारी लिएका देशको रक्षकको श्रीमती हुन पाएकोमा गर्व लाग्छ।

स्कुल छुट्टी भएपछि नौ वर्षको छोरा लिएर रुविना एक्कासि सविनको क्वाटरमा गइन्। मूलगेटमा डिएसपी सविनलाई भेटन आएको भनिन्।

डिउटीमा बसेको सिपाहीले सोध्यो –हजुर के काम थियो ? 

रुविनाले भनिन् – म उहाँको आफ्नो मान्छे हो।

त्यहीँबाट उसले छेउमा उभिएकी नारीलाई भन्यो – साहेबनी,उहाँ हजुरको पाहुना।  

अफिसबाट बाहिर निस्कन लाग्दा सविनले  रुविना र छोरासँग उनीलाई बोल्दै गरेको देखे। 

प्रकाशित: ३० चैत्र २०७७ ०२:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App