म लेखनले टुहुरो बनाएको यात्री
लेखनसित मेरो परिचय हुन नसक्दा
आधा पोखिएर छरिएको
मसीजस्तै भुइँतिर छताछुल्ल
त्यहीमाथिबाट बिछयाएर
मानिस बाइक भैंसी
कार मोटर
भेडाबाख्रा कुदाउँछन्
अलिअलि पाइतालाको डोब बनेर
आधा बाटाको मधुर
मधुर छाप बनेर म हराउँछु
जतिबेला जूनको मुहार आए
मलाई सुमसुम्याउँछ र
माथि आकाशमा लैजान्छ
हराउन नदिएर
पहिले आफ्नै अनुहारको
धब्बा वरिपरि रंगीन बनाउँछ
जतिबेलाको चमक र कलाले
मानिसहरूको हृदय प्रफुल्लित हुन्छ
त्यतिबेलाको बालक
हतारहतार
पोखिएको मसी सम्झेर
कागज टेबल ह्वाइट बोर्डहरू रङ्ग्याउन थाल्छन्
त्यो एकदिन पोखिएर
पोतिएको आकाशको रङ
आजसम्म कसैले मेट्न सकेको छैन
म हो त्यस्तै महान
अमर बनेर पोखिन चाहान्छु
र मेरो अक्षरहरुले दुनियाँको सेवामा रमिरहने छ ।
प्रकाशित: २५ चैत्र २०७७ ०२:०३ बुधबार