९ मंसिर २०८१ आइतबार
image/svg+xml
कला

छोरा जन्मिनुको खुशीको खबर

लघुकथा

मैले गाउँका सबैको खबर सोध्ने क्रममा, भीमाले पल्ली घरकी बुहारी निर्मलाको खबर पनि खुशीको सास फ्याँक्दै सुनाई– बिचरी निर्मलाको चाहिँ बल्ल यो पल्ट छोरा भयो नि ।

अनि मैले उस्को निजको (भिमाको) खबर पनि सोधें– अनि तिम्रोचाहिँ के छ नि खबर भीमा?

उस्ले दिक्क मान्दै भनी–के हुनु र ? छोरीले ब्याचलर सकी । अहिले जागिर खाँदै अरू पढ्दै छे । बरु छोरीले पो पाल्दैछे हामीलाई त !

मैले बिचैमा कुरा काटेर प्रश्न तेस्र्याएँ – अनि छोरा नि?

उस्ले जवाफमा भन्न थाली –छोरो त बेगारी नै भो । आइए पढ्दापढ्दै क्याम्पस जान नै छाड्यो । अहिले त्यसै बसेको छ । दिनभर डुल्छ । राति कतिबेला आउँछ ? भात खान्छ कि खाँदैन ? थाहा पनि पाउँदिन । बिहान फेरिे कता जान्छजान्छ ? के गर्छ ? सोध्यो भने झर्किन्छ । मैले त सोध्नै छाडें, जेसुकै गरोस्।

भीमाको मुखबाट सबैको खबर सुनिसकेपछि मैले उस्लाई अर्को प्रश्न थपें– अरूको छोरा जन्मिएको खबर सुनाउँदा तिम्रो मुहारमा खुशी छाएको थियो अनि आफ्नै छोराको नाम लिंदा किन दिक्दारी नि? आखिर छोरा नै होइन तिम्रो पनि निर्मलाको जस्तै ? बल्ल छोरा भो निर्मलाको यसपटक मात्र, भनेर उस्लाई त बिचरी नै बनाउँदैथ्यौ त?

मेरो वाक्यले भीमा नाजवाफ बनी...!

प्रकाशित: २३ चैत्र २०७७ ०४:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App