२६ आश्विन २०८१ शनिबार
image/svg+xml
कला

फुच्चे कलम

कविता

एउटा फुच्चे कलमले  

महलको नक्सा कोर्यो

हस्पिटलको  नक्सा कोर्यो

म्यूजियमको नक्सा कोर्यो

वास्तवमा संसारकै मानचित्र

फुच्चे कलमले नै कोर्यो

योग्यता दिलायो फुच्चे कलमले

डाक्टर , इन्जिनियर , कलाकार सबैलाई

जब योग्यताले निपुण भए मान्छेहरू  

बिर्सिए फुच्चे कलमको ओजन

खिइँदै गयो फुच्चे कलम  

विचरो ! फुच्चे कलम अटाएन

डाक्टरको गोजीमा

इन्जिनियरको नक्सामा

म्यूजियममा र महलको पलङमा

अन्तमा यत्रतत्र छरियो

फुच्चे कलम गल्लीमा

कसैले देखेनन् गल्लीको

बेवारिसे कलम

टिपेनन् कसैले पनि

कुल्चिए त खालि सबैका पाइतालाले

विचरो ! अलपत्र फुच्चे कलमले

कुहिएर प्राण त्याग्यो गल्लीमा

फेरि मान्छेहरुलाई योग्य बनाउन

यो धर्तीमा पुनर्जन्म लिने

फगत एउटा विश्वासमा !

प्रकाशित: १५ चैत्र २०७७ ०९:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App