२६ आश्विन २०८१ शनिबार
image/svg+xml
कला

चाख्यो स्वाद

लघुकथा

दिपेशले गाउँका युवतीहरूलाई जिस्काएर,थर्काएर हैरान पारिसकेको थियो। गाउँका युवतीहरू एक्लै बाहिर निस्कन समेत डराउँथे। भनौं उस्ले सबै युवतीलाई आतंकित पारेको थियो।

एकदिन दिपेश सधैंझैं स्कुल लाग्ने समयमा बाटोमाथि सुशीला मार्दै बसिरहेको थियो। अलिक परबाट एक जना नयाँ युवती आइरहेकी देखेर डिलबाट ओर्लेर कपाल मिलाउँदै ठिङ्ग उभियो। उक्त युवतीले पहिला त नदेखेझैं गरी। अझ नजिक आएर सुशीला बजाँन थाल्यो, र पनि उस्ले वास्ता नगरेजस्तै गर्दै अघि बढ्न खोजी। अझ दिपेशले जिस्क्याउँदै भन्न थाल्यो –हाई स्वीटी, नयाँ खजाना हौ कि क्या हो ? यसो परिचय गरौं न।  

पहिला त रिमाले साधरण तरिकाले भनी –हो म यहाँ नयाँ हुँ। म गुलियो (स्वीट)खजाना त हैन। यदि चाख्ने इच्छा छ भने ओके। तर, यहाँ होइन अलिक पर जाऊँ। जहाँ अलिक सुनसान होस्।

युवतीको कुराले दिपेश दङ्ग पर्दै भन्यो –हुन्छ जाऊँ न ! हेर्दै मिठो, सुन्दर। मार्फाको स्याउजस्तै रहिछ्यौ । चाख्न त परिहाल्यो नि।

यति भन्दै दिपेश बाटोदेखि अलिक तलतिर उत्सुकताकोसाथ अघि लाग्यो। निरा उसको पछि लागी।

केही समयपछि बाटोछेउको झाडीबाट  ऐयाऐया भन्ने पुरुष आवाज आउन थाल्यो। बाटोमा हिँड्ने अरू यात्रुहरूले सुने र को आपतमा परेछ भनेर बँचाउन जाँदा, दिपेशले एक युवतीबाट लातका लात, घुस्सी, मुड्की भेटिरहेको रहेछ। ती यात्रुहरूले छुट्ट्याउँदै भनिरहेका थिए–किन यसरी मरणासन्नमा पुग्ने गरी कुटेकी ? के गल्ती भो यिनको?

निराले जवाफमा भनी –यस्ले गाउँका हरयुवतीलाई जिस्क्याएर दुख दिने गरेकाले सबैजना यस्को डरले स्कुल जान समेत डराउँदा रहेछन्। आज मलाई पनि यस्ले त्यस्तै निर्बल युवती सम्झिएर उस्तै व्यवहार गर्न खोज्यो। मलाई मार्फाको स्याउजस्ती लाग्यो रे। यस्ले नारी शक्तिको स्वाद चाखेको रहेनछ। आज चखाइदिएकी मात्र। यति भए स्वादको आनन्द लियो होला।

ती यात्रुहरू छक्क पर्दै एक अर्कालाई हेर्न थाले। दिपेश भने युवतीको पिटाइले भुईमा लडिरहेको थियो।

अलिकपरबाट एक हुल युवतीहरू हर्षोल्लासको साथ ताली बजाउँदै भनिरहेका थिए। –बल्ल हामीलाई ढुक्क भयो। (कराँते गुरु) निरा दिदीलाई यहाँ बोलाएर हामीले शान्तिको सास फेर्न पायौं। अब त दिपेशेले महसुस गर्यो होला नारीहरू पनि कमजोर हुन्नन् भनेर।  

प्रकाशित: १४ चैत्र २०७७ ०९:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App