२६ आश्विन २०८१ शनिबार
image/svg+xml
कला

आफू राम्रो बन्न अरूलाई चोट लगाएर मार्यौ

मुक्तक

          १)

आफू रुझी  यिनीलाई बचाउन मन छ,

सुन्दर सृष्टि यिनीबाटै रचाउन मन छ।

आफ्नोभन्दा धेरै माया लाग्छ यिनको,

अनजानमा हुने गल्ती सचाउन मन छ।

           २) 

रोक्नु हुन्न पाइलाहरू चाल्दै अघि बढ्नुपर्छ,

अवरोधका पर्खालहरू ढाल्दै अघि बढ्नुपर्छ

भाइभाइको आन्दोलनमा जीत कसैको हुने छैन,

सबै मिली शान्तिको दिप बाल्दै अघि बढ्नुपर्छ।

           ३)

उस्तै छ आज पनि मेरो शहर पुरानो,

उस्तै छ आज पनि मेरो रहर पुरानो ।

बदलियो भन्छौ सधै तिमीले मलाई,

उस्तै छ आज पनि मेरो प्रहर पुरानो ।

           ४)

उजाड मरुभूमिमा सुन्दर बोट लगाएर मार्यौ,

आफू राम्रो बन्न अरूलाई चोट लगाएर मार्यौ ।

भन्दैन भन्थ्यो तर भन्नै पर्ने भयो अब तिमीलाई,

नबोल्दा नि नचाहिने मलाई खोट लगाएर मार्यौ।  

              ५)  

दुखै दुखले मात्रै होइन जीवन  हाँसोले भर्नुपर्छ,

आफ्नो लागि मात्रै होइन अरूका लागि  गर्नुपर्छ।

मरी लानु के छ र बुझे दुई दिनको यो जिन्दगीमा,

सांसारिक माया छोडी एकदिन परलोक सर्नुपर्छ।

प्रकाशित: २२ फाल्गुन २०७७ ०६:२६ शनिबार

अक्षर