१)
दश वर्ष भेष बदलेर जंगलमा कमाएको देख्दैनौ,
हजारौं निर्दोष मारेर यो हैकम जमाएको देख्दैनौ ।
जनताको अगुवा बन्दै नानाओली जालझेल रच्नलाई,
उनैको छातीम टेकेर राजनीतिमा रमाएको देख्दैनौ ।
२)
आउँछु भन्थी हिजो मलाई झुक्याएर गैछ,
बल्ल थाहा भो आज उनी अर्कैको पो भैछ ।
बाटो हेरी पर्खी बसें घरछेउको दोबाटोमा,
मलाई छोडी भागी जाने अर्को बाटो रैछ।
प्रकाशित: १९ फाल्गुन २०७७ ०७:४९ बुधबार