तिमी जाउ आर्यघाट
जहाँ बागमतीको जलले
चिताको भष्म पखाल्न सकिन्छ
आर्यघाटको एउटा वेदीमा ।
तिम्रा भाइबन्धुले
तिम्रो मृत्युपछि त्यो वेदी नलिएलान्
त्यसैले
तिम्रो प्राण छँदै
चिता भष्म हुन तिमी आर्यघाट जाऊ ।
आर्यघाटको वेदी नजिकै जाऊ
जहाँ अन्तिम प्राणवायुपछि
तिम्रो दाहसंस्कार त्यहीं होस् ।
त्यो दिन गन्दै
भष्म हुन तिमी आर्यघाटको वेदी ओगट ।
नत्र तिम्रा पुत्र अनुज बन्धुहरूले
तिमीलाई फोहर फ्याँक्ने खाल्डोमा
डोजर लाएर पुर्न सक्छन् ।
तिमी जाऊ आर्यघाट
म जान्छु कहीँ
योगी हुन्छु ।
प्रकाशित: १३ फाल्गुन २०७७ ११:५१ बिहीबार