२६ आश्विन २०८१ शनिबार
image/svg+xml
कला

यस्तै रहेछ जिन्दगी

कथा

अन्धकार कति हो । बिहानै हिँड्नै पर्ने अझै हिँड्न समेत भ्याएकी छैनन् । सबै घरधन्दा गरेर नै  हिँड्नुपर्छ स्कुल । कस्तो बिडम्बना चार बहिनी छोरीमध्ये  कमलालाई मात्र चासो भएको हुन्छ । अरू  त खाने सदस्य मात्र भएको जस्तो लाग्छ । यसो सोच्ने हो भने कमला राम्री र सोझी साथै पढाइमा त्यति राम्रो होइन । तर,  मेहेनेत भने खुबै गर्छिन् ।

 कस्तो  बिडम्बना, कमलालाई दुखको  सागरले नै दुखी बनायो । कमलामा एक कुराको राम्रो बानी थियो । सत्य बोल्ने बानीले सधै धोका पाएको हेक्का नभएको नि होइन । समय बित्दै गयो । आफूमुनिका बहिनीहरू केटो समाई आफै बिहे गरे । कमलालाई पनि बिहे गर्न मन हुँदा पनि कस्लाइ सोध्ने । आफै भनूँन पनि कसरी  ! फेरि  उत्ताउली रहिछे  भन्ने डर हुने । त्यसैकारण पनि मनका कुरा मनैमा दबाएर बसेकी थिइन्।  यसै गरी दिन बित्यो । एक दिन कमलालाइ ठूलो बज्रपात पर्यो – त्यो हो आफूले भनेजस्तो वर भएन ।

घर त सम्पन्न थियो तर पनि आफ्ना हजारौ इच्छा मुटुमै लुकाइन्, देखाउन सकिनन् । किनकि आमाबुबाको इज्जतका लागि सबै त्याग गरिन । दिन यसै गरी चल्दै गयो । कमलाबाट तीन सन्तानको जन्म भयो एक छोरा दुई छोरी राम्रोसंग घर गृहस्थ जीवन चलिरहेको थियो ।

 घरको काम घर मुलीले गर्दै जाँदा एक दिन कमलालाई जीवनको अँध्यारो कोठामा प्रवेश गरायो । किनकि आफ्नो श्रीमानको व्यापारमा ठूलो घाटा लाग्दा कमलालाई बाध्यता भयो घर चलाउन अनि कमला मेन पावर धाउन लागिन्  । एकदिन उनी पनि विदेश जाने निश्चित भयो । आजसम्म कमला त्यही घर तिनै छोराछोरीको लागि आफ्नो जीवन तातो गर्मी अनि आफ्ना परिवार सन्ततीबाट धेरै टाढा खाडीमा बिताउन थालिन् ।  आज उनीसँग सबै छ । तर, कमलासंग जिउने इच्छा भने मरेर गयो । हरेक युद्ध एक्लै सामना गर्दै खाडीको एक कुनामा बसेर  रुँदै छिन् कमला – 

यस्तै  रहेछ  जिन्दगी  बुझ्न सकेन कसैले ,

मेरो  आँसु  खस्यो  तर पुछ्न सकेन कसैले ।

माया के हो भन्ने कुरा कहिले सोच्ने सकिन,  

अस्मिता नै धन थियो लुट्न सकेन कसैले ।

प्रकाशित: १० फाल्गुन २०७७ १०:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App