२६ आश्विन २०८१ शनिबार
image/svg+xml
कला

तपाई किन जल्नुहुन्छ जाबो अरूको कुराबाट

गजल

आफ्नो जिन्दगी चलाउनु छ आफ्नै पाखुराबाट,

तपाई किन जल्नुहुन्छ जाबो अरूको कुराबाट।

 

सडकको जीवन कस्तो हुन्छ कसरी बिताएका छन्,

बुझ्नुहोस् एकचोटि बाआमाविहीन टुहुराबाट ।

 

यहाँ कति निर्दय मनका मानिसहरू पनि जन्मिए,

दाइजो नल्याएकै निहुँमा कुटिन्छ बुहारी ससुराबाट।

 

देशमा चाहिने हस्पिटल नहुँदा दक्ष डाक्टर नहुँदा,

मर्नुपरेको छ सामान्य रोग, रुघाखोकी दादुराबाट।

 

कस्तो रूढिवादी यो समाजको अचम्म लाग्छ किन,  

श्रीमान् मृत्युपश्चात् अलग्गिनुपर्ने हातका चुराबाट ।

प्रकाशित: ८ फाल्गुन २०७७ ०९:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App