१)
नाङ्गो खुट्टाको याद
खास्सा रहेछ व्यापार
राजनीति, कुर्सी र कार ।
२)
नजरिया ती गोली
छियाछिया मन मुटु
युद्ध मैदान भयो छाती ।
३)
आश्वासनका पोका
बग्रेल्ती सपनाहरू
समृद्ध देश, सुखी जन ।
४)
खित्का छाड्दैछ चिता
लाशै लाशको डङ्गुर
सन्त्रासयुक्त मुर्दा बस्ती ।
५)
कुरुप अनुहार
बैमानी रहेछ ऐना
सत्य र भ्रमको द्विविधा ।
प्रकाशित: १६ माघ २०७७ ०८:२८ शुक्रबार