२९ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

प्रीति फिर्ता गर

गजल

जहरझै लाग्न थाले सम्झनाका खातहरू,

निन्द्रा पराई बन्दै गयो यसै बित्छन् रातहरू।

 

चाहिन्न ब्याज तमासुक च्यात्छु प्रीति फिर्ता गर,

मुटु यसै बिथोल्दिन्छन्  छट्टु तिम्रा बातहरू।

 

काँडै काँडा बिच तिमी बीउ छर्छौ पिरतीको,

हिम्मत खै आइपर्दा सहन ती घातहरू।

 

भुल्छु भन्छु हरबखत सामुन्नेमा आइदिन्छौ,

अनायसै कलम टिपी चिठी लेख्छन् हातहरू।

 

आदत बस्यो नशा चुँड्ने हेर्दा ती नयनहरू,

पुग्यो सानू नपिलाऊ विषालु ती मातहरू।

प्रकाशित: १५ माघ २०७७ ०७:२९ बिहीबार

अक्षर