२९ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

रम्नु छ भोलिको उदाउँदो सूर्य बनेर

कविता

एक ड्याक्ची

पाकेको समय कता  

हराएछ

कि उम्रिएछ

घामले छरेको त्यो खोरियातिर

र पहाडहरू अलमल्ल परेर

कतै झर्ना उमार्न पो बिर्सेछ

क्या बात भन्थ्यो होला  

त्यो पापी खडेरी पनि रमाएर

 

अनि मजस्तै बेरोजगारहरूको रोजगारी

बन्न कुनै देशको मालिकहरूको

गुलाममा पसीना बगाउन आतुर

गुइँठे र हर्केजस्तै भएर

रम्नु छ भोलिको  उदाउँदो सूर्य  बनेर ।

प्रकाशित: ११ माघ २०७७ ०४:४८ आइतबार

अक्षर