१२ आश्विन २०८१ शनिबार
image/svg+xml
कला

चरीको देश

बालकविता

ललिता ‘दोषी’  

   

उडी जाने चरीको  

कति राम्रो भेष

कहाँबाट आयौ चरी !

जान्छौ कुन देश ?  

 

तिमीलाई सबै आफ्नै  

छैनन् कोही टाढा  

जहाँ रहे पनि तिमी

बन्छौ सबका प्यारा  

हाम्रो भने देश छुट्टै

बोली–वचन छुट्टै

जहाँ रहूँ तिम्रो आवाज

लाग्छ है दुरुस्तै ।

प्रकाशित: ९ पुस २०७७ ०९:५६ बिहीबार

जूनकिरी