२० आश्विन २०८१ आइतबार
image/svg+xml
कला

नितम्ब आकर्षक बनाउन शल्यक्रिया गर्दा मोडलको मृत्यु

क्यानो मोडल ३० वर्षीया जसलिन क्यानोल। उनका आकर्षक थप तस्बिर तल हेर्न सकिनेछ।

अहिलेको विज्ञान र प्रविधिको युगमा मानिसले शल्यक्रियामार्फत आफ्ना कतिपय अंग आकर्षक बनाउन सक्छन्।

तर प्लास्टिक सर्जरीमार्फत आफ्नो नितम्ब आकर्षक बनाउने क्रममा मेक्सिकोमा दुर्घटना भएको छ।  

आफ्नो नितम्ब सुन्दर पार्न भन्दै शल्यक्रिया गराउने क्रममा त्यहाँकी एक इन्स्टाग्राम मोडलको मृत्यु भएको हो।  

क्यानो मोडल ३० वर्षीया जसलिन क्यानोलको नितम्ब प्लास्टिक सर्जरी हुँदाहुँदै स्थिति खराब भएर उनको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।  

क्यालिफोर्नियास्थित घरबाट उनी प्लास्टिक सर्जरी गराउन कोलम्बिया गएकी थिइन्। ‘बट लिफ्ट’ भनिने शल्यक्रिया गरेर पेटकाे बोसो निकालेर नितम्बमा राख्ने क्रममा उनको मृत्यु भएको हो।

उनी स्विमसुट डिजाइनरसमेत थिइन्। इन्स्टाग्राममा क्यानोका झन्डै १३ मिलियन फलोअर्स थिए।

उनका थप तस्बिरका लागि याे लिंक खोल्नुहोला। 

प्रकाशित: ४ पुस २०७७ ०९:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App