२८ आश्विन २०८१ सोमबार
image/svg+xml
कला

चिहाने भूत

कविता

 केशवप्रसाद पौडेल

 

 

चिहाने भूत

उसको नदेखेको आकारबाट  

तर्सिएको म

उसको नभोगेको कुटाइबाट

दुखेको म

निराकारलाई

कल्पनाको माध्यमबाट  

आकारप्रदान गर्दै

ऊ पिण्ड बढारेको देखेर

खान आएको प्रेत हो सम्झिएर

बेलाबेलामा आत्तिएको म

बेलाबेलामा थरङ्ग जिउ कमाएको म

 

एक्लै महसुस हुन्थ्यो  

उसैले पछ्याएछ भनेर

उसैले निमोठदै छ भनेर

जाग्दैछ अरे जागित्र बनेर

आउदैछ अरे ढोले र झ्याम्टेलाई

पछाडिबाट गजोले सिंजित गर्न

हो त्यही हो आउँदैछ  अरे  

गणतन्त्रको भूत बनेर

लोकतन्त्रको झ्याले र झ्याम्टे बनेर

थाह छैन संघीयता र समावेशीतालाई के गर्ने हो

 जाग्दैछ र तर्साउँदैछ रे

पाखाभरि राँको बाली

छरपष्टै भएर राँके भूत बनेर

मलाई विश्वास छैन

चिहानको चिहाने जाग्ने कुरामा

चिहान जगाउने कुरामा

चिहान बिउँझिने कुरामा

मेरो परिवर्तन आफैमा

जुर्मुराउने छ

परिवर्तन बनेर 

विकास र समृद्धिको आकार बनेर ।

प्रकाशित: २५ मंसिर २०७७ ०५:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App