२८ आश्विन २०८१ सोमबार
image/svg+xml
कला

छक्क

लघुकथा

तुलसी पण्डित  

नामुद भ्रष्टाचारी धिरजले आज मनोनयन दर्ता गर्ने रे ! गाउँमा व्यापक हल्ला भयो । गए चुनावमा सबैले मिलेर उसलाई भोट हाले । सांसद जित्यो मन्त्री भयो । जितेर गएपछि गाउँ फर्केन ।

गाउँले सबैको सल्लाह भयो । स्वाभिमानी नरेलाई चुनावमा मनोनयन दर्ता गर्न लगाउने । नरेले यो कुरा मानेन ।

– पैसाबिना चुनाव जित्नै सकिन्न उठेर के अर्थ भो !

गाउँलेहरूले अनुरोध गर्दै भने – तिमी दर्ता मात्र गर ।जिताउने काम हाम्रो भयो ।  

नरे मनोनयन दर्ता गर्न गयो । धिरज मरीमरी  हाँस्यो ।

– जित्नेले पो चुनावमा उठ्ने । चारपाँच भोटदेखि आउन्न होला । बरु म एक लाख दिन्छु । मनोनयन दर्ता गरेको झिक ।  

नरेले भन्यो –  मैले अहिलेसम्म मैले कसैको पैसा खाएको छैन ।अब पनि खान्न ।

नरे गाउँ फरक्यो । उसले धिरजले भनेको सबै कुरा गाउँलेहरूलाई भन्यो । गाउँलेहरू सबैले रिसाउँदै  भने– पख , गाउँलेहरू सबै मिली चुनाव क्षेत्रमा चुनाव प्रचारप्रसार गोप्य समिति बनाए। चुनाव प्रचारप्रसारमा सबै गोप्य रूपबाट सकृय भएर लागे । आवश्यक पैसा उनीहरूले नै उठाएर खर्च गरे। काम सबै गोप्य रूपमा भइरहेको थियो । यो गोप्य चुनाव प्रचारप्रसारले सबैलाई धेरै प्रभाव पार्यो ।  

आज चुनावको मौन रात । सुनसान वातावरण  । सुनसान भने पनि प्रत्येक घरमा मान्छेको छाया देखिन्थ्यो । गाइगुइ उस्तै  सुनिन्थ्यो । भोलिपल्ट पैसा र कपडा बाँडेको कुरा आयो । सबै गाउँलेहरूलाई भनिएको थियो – आएको लिनु , भोट यता दिनु । यसले गर्दा उनीहरूसँग नराम्रो पनि भएन ।

धिरजले धेरै पैसा खर्च गर्यो । ठाउँठाउँमा खसी र राँगा  ढालिए । रक्सीको खोलो बग्यो । बाहिर हेर्दा चुनावभरि  उसको माहोल देखिन्थ्यो ।यसैले ऊ विश्वस्त थियो चुनाव जित्नेमा । उता प्रतिद्वन्द्व नरेको न प्रचारप्रसार थियो न भाषणै थियो ।

चुनावको दिन आयो ।सबैले भोट हाले । परिणाम घोषणा भयो । नरेले धेरै भोटले धिरजलाई जितेछ । संसार छक्क पर्यो । उनीहरूले भने  हो यिनिहरुलाई यस्तै सवक सिकाउनु पर्छ ।

प्रकाशित: २१ मंसिर २०७७ ०६:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App