२८ आश्विन २०८१ सोमबार
image/svg+xml
कला

परिणाम

लघुकथा

दिलिप राई सगर          

 

गाउँमा उसलाई अनुचित कार्य गरेकोले एक केटी जिम्मा लाइएका थिए । घरमा कसैलाई यो कुरा पचेको थिएन । अनि उसलाई रातारात राजधानी भगाए घरकाले ।

काठमाडौंमा कति दिन रल्लिने । विदेश जाने योजना बनायो । पासपोर्ट लिएर धायो मेनपावर । के काममा जाने भन्दा सेक्युरिटी गार्डमा जाने रे । अनि आर्मीको डकुमेन्ट बनाउन एक फोटो स्टुडियो छिर्यो र कुनै अनजान आर्मीको फोटोमा टाउको जोडेर नक्कली डकुमेन्ट बनायो  तर पनि ऊ पास भएन ।

त्यसपछि ऊ एक गाउँलेको गाडीमा पैसा उठाउने कन्डक्टर काम गर्न थाल्यो । जबदेखि उसले फेसबुक मेसेन्जर चलाए धनाढ्य केटीहरू फसाउन बोल्न थाले । विदेश जान खिचेको आर्मी ड्रेसको फोटो प्रोफाइल राखेको थियो । त्यो देखेर केटीहरू मक्ख हुन्थे । उसले बोल्दा पनि म आर्मीको मेजर हुँ भनेर गफ दिन्थ्यो । यसै सिलसिलामा युरोप बस्ने एक आईमाई उसको प्रेम जालमा फसी । लोग्नेसित मनमुटाव भएकाले उनी नेपाल आएर उसंगै बस्न थाले बिहे गरेर । डिभोर्स गर्दा पाएको अंश काठमाडौंमा उनीको करोडौको घर र गाडी थिए ।

एक दिन उसको घरमा पुलिस आयो । आरोप थियो – मेसेन्जरमा अर्की केटीलाई यौन अंगको फोटो र भिडियो पठाएको । यो कानुनअनुसार साइबर क्राइम थियो । अचेल उसको पत्नी आफ्नो पतिका लागि साँझबिहान जेलमा खाना बोक्ने गर्छ ।  

प्रकाशित: २१ मंसिर २०७७ ०३:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App