२८ आश्विन २०८१ सोमबार
image/svg+xml
कला

अँजुली थापी म समीप आएर, प्यार मागिरहेछु

गीत

 विकल्प सर्वहारा  

 

अँजुली थापी म समीप आएर, प्यार मागिरहेछु,  

प्रियसीकै सुन्दर त्यो गीत गाएर, प्यार मागिरहेछु ।

साक्षी राखेर यो चन्द्र, सूर्य धर्ती अनि आकाशलाई,

जीवनभरिलाई  कसम  खाएर, प्यार मागिरहेछु  ।

अथाह प्रेमको एउटा कथा कोरेर, अन्तरहृदयमा,

पाखा र पखेरुसँगै मायाु लाएर, प्यार मागिरहेछु ।

दाइने पारेर देवी र देउराली वर अनि पीपललाई,

आस्थाको आफ्नै मन्दिर धाएर, प्यार मागिरहेछु ।

भावनाहरू गजल बनेर, जब छहालिन्छ शब्दमा ,

प्रत्येक धड्कनले औधी चाहेर, प्यार मागिरहेछु ।

प्रकाशित: १९ मंसिर २०७७ ११:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App