२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

मंसिर २२ गते नायिका श्वेता खड्काकाे विवाह

श्वेता खड्का

नायिका श्वेता खड्काले दोस्रो विवाह गर्ने भएकी छन्।  त्यसका लागि उनले निम्तो कार्डसमेत प्रकाशन गरिसकेकी छन्।  

सार्वजनिक निमन्त्रणा कार्डअनुसार यही मंसिर २२ गते नायिका श्वेताले धनगढीका विजयन्द्र सिंह रावतसँग विवाह गर्ने भएकी हुन्।

  

श्वेताको यो दोस्रो विवाह हो। यसअघि उनले २०७१ असार २३ गते नायक श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेकी थिइन्। तर त्यसको १ महिनापछि नै रक्त क्यान्सरका कारण नायक श्रेष्ठको निधन भएको थियो।  

त्यसको ६ वर्षपछि श्वेताले अर्काे विवाह गर्न लागेकी हुन्। अहिले विवाह गर्न लागेका धनगढीका रावतसँग श्वेता केही समयदेखि प्रेममा रहेको बताइएको छ। 

हेर्नुहाेस्, विवाहकाे निमन्त्रणा कार्ड :

प्रकाशित: १८ मंसिर २०७७ ०९:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App