प्रभा भट्टराई, आचार्य
आछु..छु..छु..कस्तो जाडो ? कता लुक्ने हो ?
मकलमा फेरि अब, आगो फुक्ने हो !
लुगामाथि लुगा लाउने, कति धेरै हो !
टोपी, पञ्जा, जुत्ता, मोजा सप्पै मेरै हो ?
आछु..छु..छु..कस्तो चिसोे ? पानी धाराको !
पानी हैन.. ! हिउँ हैन.. ! अर्कै पाराको !
नुहाऊँ कि, फोहरी भै बसिराखूँ म ?
हैन ! हैन ! तातोपानी ठिक्क पार न !
आछु..छु..छु..कस्तो चिसो ? हावा चलेको ?
छैन कतै अँगेनोमा, आगो बलेको ?
भान्छातिर आमा एक्लै, सघाउँछु म !
तातो–तातो पापा खाँदै, अघाउँछु म !
ताहाचल, काठमाडौं ।
प्रकाशित: ९ मंसिर २०७७ १०:३५ मंगलबार