विवि याक्खा
साम दाम, दण्डभेद अपनाउनुपर्ने जति सबै नै केही पनि बाँकी नराखी आफ्नो जीवनकालमा उनी सत्ता र शक्तिकै वरिपरि रहे।
बङ्गालो गाडी नोकरचाकरसितै स्विस बैकमा खातसम्म खोले । छोराछोरी सबै विदेशतिरै पुरयाए । उतैको परिवेश दुनियाँमा रम्नु उनका नाम धर्मप्रसाद भए पनि काम भने दैत्यको जस्तै थियो।
अर्कोतर्फ थिए मोतिराज ठिक विपरीत । सरकारी राम्रो नै तहका कर्मचारी भए पनि उनमा कुनै लोभलालसा रति थिएन। कुनै पनि गलत कार्य गर्नु देश र जनताविरुद्ध धोका ठान्दथे । आफ्नो तलबभत्ता पनि गरीब दुखी जनताको लागि खर्चन्थे।
समय दिन कालसितै महामारी फैलियो मुलुकभर सलहजस्तो यताउता आवतजावतमा प्रतिबन्ध लगायो संसारभरि नै । धर्मप्रसद र मोतिराजलाई संक्रमणको जटिल कारणले उपचार गर्नुपर्ने अवस्था आयो तर केही पनि गर्न सकेनन् ।
अन्तिम मृत्यु संस्कारअनुसार दुवैको सबको अन्त्येष्टिका लागि शव यात्रा निस्कियो धर्मप्रसादको सब व्यावस्थापन टोलीको र केही आफन्तको उपस्तिथिमा अन्त्येष्टि गरियो भने मोतीराजका भने हजारौंका संख्यामा सावधानी अपनाउदै सभागी बने देश र जनता नै दुखी बनेर श्रद्धाञ्जली अर्पण गरे । यसै मध्यका एकले तुलना गर्दै ल हेरौ मृत्युको अनेक रूप लोभ र पाप अनि सत्य र सत्मार्ग बिचको लेखाजोखा आखिर हुने रहेछ देखियो।
प्रकाशित: २८ कार्तिक २०७७ ०८:५२ शुक्रबार