२६ आश्विन २०८१ शनिबार
image/svg+xml
कला

नाकाबन्दी

लघुकथा

रामकुमार पण्डित क्षत्री 

 

दक्षिणी दिशामा एउटा जमिनदार बस्दथ्यो । उसको बासस्थान वरिपरि आँखैले नभ्याउने उसकै जमिन थियो । जमिनको चारैतिर कुनाकुनामा सुरक्षार्थ नोकर चाकरहरू तैनाथ हुन्थे ।

एक दिन सँधियारको खुला जङ्गलबाट बाघ छिरयो । बाघले जमिनदारको गाईवस्तु, मानवलाई खतरा देखियो । तत्काल समाधानको लागि त्यसलाई जमिनदारको जग्गाबाट हटाउनु थियो । त्यति नै बेला बाघ हुँकार गर्दै आफैँले बाहिर निस्कने बाटो खोजेको देखियो । घरभित्र बसेका जमिनदार र उसका नोकरचाकरहरूले बाघ छिटो जावोस् भनी भगवान्सँग प्रार्थना गरे । बाघ पूर्वबाट पसेर लामो जमिनलाई छोटो समयमै पश्चिमबाट पार गरेर गयो । सबैले ठूलो काल टरेको महसुस गरे ।

केही दिनपछि सँधियारकै सोही जङ्गलभित्र एउटा हरिण उभिएको देखियो । सो सन्देश जमिनदार समक्ष पुग्यो । जमिनदारले आदेश दिए, ‘जसरी हुन्छ त्यस हरिणलाई हाम्रो जमिनभित्र ल्याओ । त्यसपछि बाहिर जाने बाटो सबै नाकाबन्दी गरिदिनु ।

बस् ! आदेशको पूर्ण पालना भयो । कमजोर सँधियारको जङ्गलबाट बलियो जमिनदारको इलाकामा जबर्जस्ती कोमल जीवको हरण भयो । 

प्रकाशित: २५ कार्तिक २०७७ ०७:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App