सुप्रभ आचार्य
बाँच्न पाउनु, पढ्न पाउनु, बालअधिकार,
यस्लाई लागू नगरेमा, हुन्छ है बेकार ।
हाम्रो हितको काम के हो, हाम्लाई सोध्ने गरौँ
गर्न सक्छौँ देश विकास, आँट, विश्वास भरौँ ।
नगरौँ न बाल शोषण, बेचबिखन पनि
हेला होचो नगरौँ न, बालबालिका भनी ।
सडकमा बालबालिका, अनाथ हुन्छन् किन
देश विकासका कर्णधार, हामी हौँ है चिन ।
मौलिक हक रे बालअधिकार, लागू हुन्न किन ?
बालबालिका अघि बढौं, आफ्नो हक लिन ।
योजना र स्रोत मागौँ, ज्ञान, सीप पनि,
ओझेलमा पर्न हुन्न, बालबालिका हामी ।
आज साना भोलि ठूला देशका कर्णधार,
सबले बुझी लागू गरौँ बालअधिकार ।
अघि बढ्छौँ सधैँ हामी, सबको पाए साथ
बालअधिकार लागू गर्न, मिलाउँ हातमा हात ।
लागू गरौँ बालअधिकार, अनि खुशी बनौँ
उन्नति र प्रगतिका, बाटाहरू खनौँ ।
खोस्न हुन्न बालअधिकार, सुनिश्चित गरौँ
लागू गर्न यसलाई हामी सबै अघि सरौँ ।
कक्षा –६,
डियरवाक सिफल स्कुल, काठमाडौं ।
प्रकाशित: २३ आश्विन २०७७ ११:०७ शुक्रबार