९ मंसिर २०८१ आइतबार
image/svg+xml
कला

दुई रुपैयाँ नहुँदा क्रिकेट टीममा सामेल हुन पाएनन् अमिताभ

बलिउड महानायक अमिताभ बच्चनले बाल्यकालमा दुई रुपैयाँ नभएर क्रिकेट टीममा सामेल हुन नपाएको खुलासा गरेका छन्। ‘कौन बनेगा करोडपति’ कार्यक्रममा उनले सहभागीसँग यस्तो खुलासा गरेका हुन्।

सहभागीले सुनाएको उस्तै कहानीपछि अमिताभले यस्तो बताएका हुन्। उनले भनेका छन्, ‘कुनै समय मेरो जीवनमा पनि दुई रुपैयाँको ठूलो महत्व थियो। म सानो छँदा स्कूलको क्रिकेट टीमा सामेल हुन थाहन्थे। त्यसका लागि दुई रुपैयाँ तिर्नुपर्थ्यो। मैले आमालाई पनि भने तर आमाले पैसा छैन भन्नु भयो। म टीममा सहभागी हुन पाइनँ।’

उक्त घटनाले आफूलाई दुई रुपैयाँको पनि ठूलो महत्व रहेछ भन्ने पाठ सिकाएको बताए। ‘दुई रुपैयाँको पनि कति महत्व छ। मैले त्यही बेला अनुभव गरे।’

सोही कार्यक्रममा उनले आफू सानैमा फोटोग्राफीको साह्रै शोखिन भएको बताएका छन्। अमिताभले आफ्ना बाबुले रसियाबाट क्यामेरा ल्याइदिएको बताएका छन्। त्यो बेला उनी एक्टर बनिसकेका थिए।

प्रकाशित: १६ आश्विन २०७७ ०३:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App