जिन्दगी बाबुको
झुल बाबु झुलन
झुल न झुलुलु
आउँछेआउँछे निदरी
आँखामा सुलुलु
हुचिलले हुँहुँ गर्दै
भाका फेरेको
जूनताराले आकाशबाट
तिमीलाई हेरेको
ट्वार्रट्वार्र गर्छ भ्यागुतो
झ्याउँझ्याउँ गर्छ भ्mयाउँकिरी
आयोआयो चिसो हावा
झ्यालबाट सिरिरि
अहो, बाबु निदाएछ
गाउँदागाउँदै गीत
सुत्नुउठ्नु सबै हो
जिन्दगीको रीत ।
गरीब
किन भयो होला मेरो
गरीबको चोला
स्कुल जान पाएदेखि
धेरै पढ्थें होला
स्कुल जाने धेरै पढ्ने
हुँदाहुँदै रहर
म जान्छु भारी बोक्न
सधैंभरि शहर
राम्रोसँग पढ्न पाए
बन्थेँ ठूलो मान्छे
पेटभरि बुबुमाम
म पनि त खान्थेँ
कोही भए बुझ्ने
मेरा मनका कुरा
ठूलो मान्छे हुने रहर
पूरा हुन्थ्यो होला ।
प्रकाशित: ११ आश्विन २०७७ ०६:५४ आइतबार