सूर्य राई
जीवन के हो ?
जीवन ज्ञान कसरी लिने ?
किताबमा ज्ञान पाइन्छ भन्ने सुनें,
धेरै किताब साहित्यकारले पढ्ने सुनें
तिनै संगतबाट
उपन्यास पढें,
कथा त कति पढेंपढें
तर, अहँ जीवन ज्ञान भेटिनं
खै कहाँ भेटिन्छ जीवन ज्ञान ?
जीवन ज्ञान दिने शिक्षक, प्रोफेसर हुन् रे
स्कुल, कलेज, विश्वविद्यालय धाएं
विद्वानको कुरा त कत्ति सुनेंसुनें
जुनजुन पढ्न भन्यो, त्यहीत्यही पढें
पुस्तकालयहरू त कति धाएँधाएँ
फेरि अहँ जीवन ज्ञान पाइन
खै कहाँ पाइन्छ जजीवन ज्ञान ?
राजनेताहरूसँग गएं
ठूल्ठूला शास्त्रका ठेलीहरू पाएं
रातदिन घोकें
ती शास्त्रीय ठेलीहरूबाट त झन्
अहँ कुनै ज्ञानको दर्शन मिलेन,
झनै भइयो ।
खै कहाँ मिल्छ जीवन ज्ञान ?
जीवन ज्ञान खोज्दै जाँदा,
एकदिन भौतारिँदै सडकमा पुगेँ
मगन्ते सडक मानवहरूसँगै
जीवन कटाउन थालें
बल्ल पो थाहा भयो
मान्छे के हो ?
शहर के हो ?
अनि जीवन के रहेछ भनेर
शहरले जीवन धान्न सकेन,
झट्टारिएर गाउँमा बजारिन पुगें
पैचो खाएं, पर्म लगाएं, मेलो धाएं,
मेला, जन्ती र मलामी गएं,
अहो
बल्ल पो जीवन ज्ञान पाइयो
छर्लंगै जीवन दर्शन भयो
जय मातृभूमि !
प्रकाशित: ३० भाद्र २०७७ ०६:४७ मंगलबार