देवान चाम्लिङ राई
पिरतीको मीठो त्यो धुन बनी आउला प्रिय,
तिमीसँग कैले नछुट्ने माया लाउला प्रिय ।
उकालीओराली भञ्ज्याङ् अनि चौतारीमा,
देउरालीमा पाती चढाई कसम खाउला प्रिय ।
सोच अब बेलैमा है घरजम गर्नु राम्रो भन्छ,
लगनगाँठो जुराएर हनिमुनमा जाउला प्रिय ।
संकोच केही नमान्नु भो म त माया गर्ने मान्छे,
देशभक्ति एउटा बहादुर छोरा पाउला प्रिय ।
प्रकाशित: २२ भाद्र २०७७ ०८:०७ सोमबार