अनु विज्ञाति
१) पदसँगै प्रतिष्ठा, धान्न जान्नु पर्यो
सही कुरा अरूको नि, मान्न जान्नु पर्यो।
एकैनास कहाँ हुन्छ , जीवनको यात्रा ?
शिखर सधैं मेरो होइन, जान्न जान्नु पर्यो ।
२) सुन्दै थिएँ तिम्रो कुरा, खास लाग्दै थियो ।
अजम्बरी प्रेमकहानीको, आभास लाग्दै थियो
बीचमा नै रोकिदियौं , कहाँ बुझे मैले ,
यता मलाई तिम्रै नामको, बात लाग्दै थियो ।
३) रहुन्जेल रमाउने , चाहनाहरू
जुट्नेछन् पूरा गर्ने , बहानाहरू
बस् तिमी इच्छा गर्न नछोड
आफैं पूरा हुने छन् , कामनाहरू ।
४) आउँछु भन्यौं तिम्ले, मन भयो दङ्ग
बन्द भयो त्यै दिन, खुसी भयो भङ्ग
चिन्तै चिन्ताभित्र पुन मन बुझएँ आँफै
भेट हुन रैन रैछ, सायद तिमीसँग ।
५) नेता तिमी देश भक्तिको खोल नखोल
एक अर्काको खिचातानीको, पोल नखोल
जति सक्छौं चुस देशलाई ,बनाइदियौं ठूला
भष्ट्राचारी सम्पत्तिको, मोल नखोल ।
प्रकाशित: १२ भाद्र २०७७ ०६:१७ शुक्रबार