२७ आश्विन २०८१ आइतबार
image/svg+xml
कला

माटोको माया

कविता

म छिट्टै आउँदैछु
उजाडिदै गएका गुराँसहरुमा रङ्ग भर्न
ओठहरुमा  मुस्कानको गीत बोकेर
फाट्दै गएका मनहरु जोड्न
अमर प्रीत गुगुनाउदै
म छिट्टै आउँदैछु
जव  आउँछु
शान्तिपुर्वक उभिन सकुँ आफ्नो माटोमा
निर्धक्क हिँड्न सकुँ आफ्नो बाटोमा
जसरी निर्वाध उडिरहेछन
गगनमा चराहरु
सगरमाथाको स्वाभिमानी छाती बोकी
म मेरो रहरको साईतमा
ससम्मान जन्मभुमि टेक्न
म छिट्टै आउँदैछु
जव आउँछु
स्वतन्त्र आखाले हिमालको उचाई नाप्न सकुँ
बासुरीबाट शान्तिको धुन निकाल्न सकुँ
मेरा बाकी सपना फूलाउन
मेरै रगत र पसिनाले
आफ्नै पखेरु भिजाउन
म छिट्टै  आउँदैछु
तर बिन्ती छ मेरो
मैले माटोमा टेके पछि
फर्की हेर्न नपरोस
अर्को देशको माटो ।

प्रकाशित: ११ भाद्र २०७७ ०७:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App