२८ आश्विन २०८१ सोमबार
image/svg+xml
कला

घुर्ने मान्छे

लघुकथा

राजकुमार श्रेष्ठ

 

" अगुल्ठाले हानेको कुकुर, बिजुली देख्दा तर्सिन्छ" भने झै मोटो, मान्छे देख्न बितिक्कै युनिक झस्किन्थ्यो । कारण, स्कुले जीवनमा साथीको घरमा सुत्न जाँदा साथीको बाउले घ्वारर घ्वारर घुर्दा निन्द्रा भड्केर  सातोपुत्लो नै उडेको झल्झली याद आउथ्यो ।

 बिहे गरेको एक बर्ष सम्म जीवन यापन सरल नै थियो । सन्तान बढ्दै आएपछि उसलाई बिदेश जान बाध्य बन्यो । त्यसैले उ पैसा कमाउन  बिदेश गयो । बिदेश पुगेको तीन महिना पछि युनिकलाई  अर्को क्याममा सारियो । जहाँ कोही मोटा अनि कोही पातला मान्छे । अनि कोही चै स्कुल कलेजको किताब पढ्दा कथा र नाटकहरूमा भेटिएका पात्रहरू जस्ता देखिन्थे । 

क्यामबोसले सुत्ने कोठा  देखाइदियो। अनि भोलिदेखि रातीको ड्युटीमा जाने टुङ्गो गरिदियो । उसले पनि बिस्तारा मिलाइ राखेर पहिलो रात ड्युटी गयो । रातभर अनिदो बसेर ड्युटी गरि सक्यो । उसले कोठामा आएर दिनमा राम्ररी सुत्न पाएन । कारण, उ सुत्ने कोठामा एउटा मोटो साथीले घुरेर सुत्नै दिदैनथ्यो । केही बोलु पनि कोठाको अरू सबै साथीहरू मस्त निदाउथे । उसलाई फसाद पर्यो । अर्को कोठा सर्न पनि कसैको बेड खाली थिएन । एक दिन हैन, दुई दिन हैन उ रातभर जाग्राम बस्नु पर्यो । नियमित रूपमा युनिकले यहि अवस्था भोग्नु पर्थ्यो ।

उसलाई निद नलागेर न रूनु न हाँस्नु भएको थियो । काँचो प्याज टोक्दै सुत्दा समेत निन नआएपछि झुन्डिएर मर्नु झै अवस्था हुन्थ्यो ।

यसरी न दिनमा न रातमा निन्द्रा भएपछि उसलाई खानामा अरूची हुन थाल्यो। पेट दुख्ने का साथै ग्यास्ट्रीक पनि बढ्न थाल्यो । त्यस पछि टाउको दुख्ने, आँखा सुन्निने र आँखाको वरपर  चिलाउने आदि समस्या बढ्दै गयो। त्यस्तो अवस्थामा उ ड्युटी जान सकेन । उसले कुन दिनमा घरबाट हिडिएछ भन्दै उ नुन खाको कुखुरा जस्तो झोक्राएर बस्थ्यो । अनि आफुले आफैलाइ मनमनै सराप्थ्यो ।

भोलिपल्टै उसले क्यामबोससँग गएर ड्युटी जान नसक्ने अवस्था बतायो । क्यामबोसले भन्यो, " रि - प्लेस हाल्ने मान्छे छैन । बिस्तारै भए पनि भोलि तिमी  ड्युटी जानै पर्छ ।"

 युनिकलाइ घुर्ने मान्छे देखि दिक्क लाग्यो र मरेकै दिन भयो भने बोसको कुराले उ अझ सिरियस बन्यो ।

प्रकाशित: २ भाद्र २०७७ १०:२१ मंगलबार

अक्षर