२८ आश्विन २०८१ सोमबार
image/svg+xml
कला

जापानीज शैलीका बुसोकुसेकिंका

कविता

श्रीराम श्रेष्ठ

 

१.

दाग लागेछ

नमेटिने गरेर

खुम्चेको मन

ढाकछोप गरेर

गुमनाम बनेको

अस्तित्व गुमाएर ।

 

२.

एकाबिहानै

हरियो दूबो टेक्दा

दिमागै अर्को

दिनहुँ अभ्यासमा

जाँगर नै फूर्तिलो

बाँचिन्छ रमाउँदै ।

 

 

३.

भैरूमकोट

वीरताको भूमिमा

टेक्दै टोलायौं

गरयौ खोजतलास

हरियाली दृश्य हेर्दा

थकाइ नै टाढा भो ।

 

४.

हरियो चौर

उत्तानो परि सुँघ्दा

टोक्यो जुगाले

कालो रगत जम्दा

कन्याउँदा आनन्द

चिलाइ नै अचम्म ।

 

५.

नया वर्षमा

खुशी उमङ्ग साँट्दा

दबेछ पीडा

नक्कली हाँसो च्याप्दा

मान्छेको जीवनमा

दुःखले घेरिएको ।

 

 

६.

पहेलो फूल

पितृलाई सम्झेर

गरे अर्पण

संसारिक नियम

आलोपालो सदैव

बुझ्नु पर्छ सबैले ।

 

७.

शीरको टोपी

नेपाली पहिचान

छिचोल्दै लाज

मन सफा गरेर

आफू भित्र निर्भर

झल्कन्छ राष्ट्रियता ।

 

८.

पानको पात

मायाप्रेमको डोरो

भागेको लाज

विश्वासले अडेको

चोप टाँसिएजस्तै

दुई आत्मा गाभिंदा ।

 

९.

पानी पँधेरो

नजिक तुल्याउने  

मनै उदाङ्गो

हाँसीमजा गर्दामा

जोडिने दुई आत्मा

सुखदुःख घिसार्दै ।

प्रकाशित: ३२ श्रावण २०७७ १२:३० आइतबार

अक्षर