१६ वैशाख २०८१ आइतबार
image/svg+xml
कला

मुर्दा शान्ति

कविता

आगो लागेको त्यो बस्तीमा

कोलाहल बोकेको त्यो सन्नाटा

लाटो मान्छेको अव्यक्त अभिव्यक्ति बनेर

सागरको छालजस्तो

किनारामा ठक्कर खाँदाखाँदा

अभ्यस्त बनेको मन

केही खोजिरहेको हुन्छ

एउटा चाहत

जुन हुरी बनेर

भागिसकेको छ

त्यसलाई पछ्याउँदापछ्याउँदै

कहिले नथाकेको मन

आफ्नै तनलाई नचिन्ने भइसकेको छ

त्यसैले त म भन्ने गर्दछु

बतास सकिएपछिको शान्ति

एउटा मुर्दा शान्ति हो, जीवनको

त्यस्तो शान्ति भन्दा

बताससँग चिप्लेटी खेलेर बाँचेको जीवन

जिउँदो हुन्छ।

प्रकाशित: ३१ श्रावण २०७७ ०१:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App