२८ आश्विन २०८१ सोमबार
image/svg+xml
कला

देश भित्रका अनागरिक

कविता

निर्मल पराजुली

 

निर्मलाको आत्मा भत्केको छ

नेपाली स्वाभिमानको मझेरीमा

हरेक बाबुआमाको कोखमा

दाजुभाइको सप्तरङ्गी टीकामा 

अनि

 लाखौ जोडी नयन रोयको छ

 जब

सहनाई बज्छ

हरनेपालीको घरआँगनमा,

सुतेको छ सिंहदरबार

बेखबर

झुकेको छ न्यायको तराजु

अन्याय र अत्याचारको पक्षमा

लुटिएका छन् 

नेपाली चोलो पटुका र फरिया 

अनि बेचिएका छन् 

नेपाली माटो बाट सिर्जित् 

पाखुरा र नङ्ग्राहरू 

तर देश मौन छ

अमरसिंह , बलभद् 

अनि गोर्खाली हुनुको स्वाभिमान

पलपल बेचिंदा

सगरमाथा लाजले झुकेको छ

बुद्धका दुई नयनबाट

अशान्ति र अत्याचार 

कोशी र कर्णाली बनी उर्लियको छ

तर 

बुद्धत्व् हर मनमस्तिष्कको पिजडामा कैद बनेको छ 

त्यसैले त भन्छु 

निर्मला अब जन्मिदा

सिंहदबारभित्र जन्म लेऊ

सिंहदबारबाहिर

न देश छ न कानुन छ 

न तिम्रा बाबुआमाको

आँसु पुछिदिने हात छ 

छ त केवल

लाचार नेपाली मन छ

विवश नेपालीपन छ ।

प्रकाशित: २३ श्रावण २०७७ १३:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App