२८ आश्विन २०८१ सोमबार
image/svg+xml
कला

सानु शर्माका मुक्तकहरू

सानु शर्मा ठुली

                                     १

 

मुक्तक मायाजालमा पारी रातको निन्द्रा भगाउनेसँग होसियार।

मायाकै आभाष दिलाई इज्जत डगाउनेसँग होसियार।।

अमूल्य जीवनमा फोहोरी खेल खेली अस्तित्व लुट्ने गर्छन् ।

बनावटी बात गरेर झूटो माया लगाउनेसँग होसियार।।

                                 २ 

मुक्तक समर्थन गर्न सकूँ परिस्थितिमा बाधा आए पनि।

धैर्यतामा अडिन सकूँ आँखामा बादल छाए पनि।।

आखिर यो जिन्दगी संघर्स गर्ने  लडाईंका मैदान हो 

हाँसेरै बिताउछु समयलाई,बाउन्न ठक्कर खाए पनि।।

                                 ३

मुक्तक बोल्न हाँस्न कन्जुस्याइँ गर्नेहरूले पनि मर्नुपर्छ

धनैधन थुपारेर सन्दुस भर्नेहरूले पनि मर्नुपर्छ।

दुईदिन बाँचुञ्जेल तेरोमेरो भनी लुछाचुँडी किन 

वैमनस्यताको भावना छर्नेहरूले पनि मर्नुपर्छ ।।

 

                                  ४

मुक्तक मायामा पनि नाफानोक्सान हेर्ने चलन आयो

पैसा छ कि छैन चिप्लो धसी केर्ने चलन आयो ।

झन् – झन् स्वार्थी बन्दै आए मानवहरू कलियुगमा

नोटैनोटवाली देखे अँगालोमा बेर्ने चलन आयो ।।

 

                                  ५ 

मुक्तक जातलाई गिराई  किन औला ठड्याउनु भनी ठूलोसानो

महल सबैको हुँदैन नि, बासास्थान नै हो  झिँगटीको छानो 

जोकोहीको दुखलाई खिसी गरी उडाउनु अपराध गर्नु हो

दुखसुख त जिन्दगीका दुई पाटा हुन गरी खाउँ मानो।।

प्रकाशित: २२ श्रावण २०७७ १०:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App