२८ आश्विन २०८१ सोमबार
image/svg+xml
कला

लजालु मुस्कान

गीत

 अविरल ए  

मीठो लजालु मुस्कान आँखा त्यता धाउने पार्यौ

कस्तो रूप मोहनी सिम्मा  तिम्रो  गीत  गाउने  पार्यौ

 

कति लाज नमानी मन अंगालोमा तिमीलाई पाउँछु

कहिले पराई  नठानी  मनसंगै जिउने  सपना देख्छु

क्या मीठो  स्वर तिम्रो  बोली सुन्नि रहने पार्यौ

कस्तो रूप  मोहनी सिम्मा तिम्रो गीत गाउने पार्यौ

 

मन हिमाल चढिरहँदा  सिली नाच्ने तिमी पाए

उँभौली र उँधौलीमा   मुन्धुम  गाउने  तिमी पाए

क्या राम्रो व्यवहार सिम्मा तिम्रै भरमा बस्ने पार्यौ

कस्तो रूप  मोहनी सिम्मा तिम्रो गीत  गाउने पार्यौ ।

प्रकाशित: १० श्रावण २०७७ ०६:३७ शनिबार

अक्षर