विकराल ए
उज्यालो यो मुस्कान देखी उदास औंसी मेट्न आएँ,
तिम्रो न्याँस्रो लाग्यो र पो तिमीलाई भेट्न आएँ ।
प्रेमको यो सागरमा तिमीसंगै बगनलाई,
दुःखसुख जिन्दगीको संगै मिली काट्नलाई ।
हजार फूलको तिमी रानी र पो तिम्लाई देख्न आएँ,
तिम्रो न्याँस्रो लाग्यो र पो तिमीलाई भेट्न आएँ ।
मन हुँदै मुटुभित्र तिमीलाई नै राखेको छु,
प्रिती फुल्ने मायाले नै आफ्नै संसार बुनेको छु ।
तिम्रै माया छ र पो तिम्रो बाटो छेक्न आएँ,
तिम्रो न्याँस्रो लाग्यो र पो तिमीलाई भेट्न आएँ ।
प्रकाशित: ५ श्रावण २०७७ ०८:०९ सोमबार