२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

गायक महेश मुखियाको ‘यो मेरो जीवन तिम्रै हो’ सार्वजनिक

गायक महेश मुखियाको स्वर रहेको ‘यो मेरो जीवन तिम्रै हो’  बोलको नयाँ गीत सार्वजनिक भएको छ। प्रमोद निर्वाणको शब्द, संगीतमा तयार भएको गीतलाई उनले युट्युबमा सार्वजनिक गरेका हुन्।  

गीतको भिडियोमा गायक महेश आफैं देखिएका छन्। सुवास मुखिया सुनुवारले निर्देशन तथा सम्पादन गरेको भिडियोलाई मनोज सिंह बस्नेतले छायंकन गरेका हुन्।  भिडियोलाई न्यू भिजन प्वाईन्ट प्रालिले निर्माण गरेको छ ।

गायक मुखियाले यसअघि ‘माथि माथि लेकमा हिउँ पर्दा‘, सिउरेनी बनमा‘ केही दिन टाढा हुँदैछु‘ ‘भिज्यो तिम्रो रातो फछ्यौरी लगायतका दर्जन बढी गीतमा स्वर दिईसकेका छन्।  

प्रकाशित: ३० असार २०७७ १२:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App