१० मंसिर २०८१ सोमबार
image/svg+xml
कला

डिजिटल मूर्ति बनाउँदै मूर्तिकारहरू

काठमाडौं - ललितपुरकी २६ वर्षीया रचना शाक्य अनलाइनमार्फत मूर्ति बनाउने सिप सिक्दै थिइन्। ललितकला क्याम्पसमा स्नातक तह चाथौं वर्षमा अध्ययन गरिरहेकी उनी स्कप्चर बनाउन उनले त्यसैबाट सिकेकी छन्। पछिल्लो समय आफूलाई आधुनिक ज्ञानको आवश्यकता महसुर गर्दै उनी थ्रीडी मोडलिङ कार्यशालामा सहभागी हुन पुगेको बताइन्। ‘पहिलो पटक ल्यापटपमा मूर्ति बनाउने काम गरेको भएर हो कि स्कप्चर बनाउनुभन्दा अलि अफ्ठ्यारो लागिरहेको छ,’ उनले भनिन्, ‘बिस्तारै थ्रीडीको काम सिकेर पछिसम्म यसलाई निरन्तरता दिने योजना बनाएकी छु।’

शाक्यसँगै यही ठाउँमा कालीमाटीकी सुशिला तामाङ पनि ल्यापटमा मूर्तिको सामान्य आकार कोर्ने प्रयास गर्दै थिइन्। उनले थ्रीडीमा काम गर्न थालेको दुई दिन मात्रै भएकाले यस सम्बन्धी आधारभूत ज्ञान लिइरहेको बताइन्। नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको एउटा कोठामा शाक्य र तामाङजस्तै दुई दर्जन मूर्तिकारहरू आफ्नो अगाडी ल्यापटप राखेर थ्रीडी मोडलिङ सिक्दै गरेको देखिन्छ। थ्रीडीमा दक्षता प्राप्त गरिसकेका दुई मूर्तिकार उनीहरूलाई समस्या परेको ठाउँमा सिकाउन व्यस्त छन्।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजना र मूर्तिकला विभागका प्रमुख लालकाजी लामाको संयोजकत्वमा प्रतिष्ठानले फागुन २४ गतेदेखि सुरु गरेको ‘थ्रीडी मोडलिङ’ नामक दुई महिने कार्यशालामा मूर्ति र स्कप्चर बनाउने उनीहरू डिजिटल प्रविधिबाट मूर्ति बनाउन सिकिरहेका छन्। मूर्तिकलासम्बन्धी अध्ययन गरिरहेका र मूर्तिकलाको क्षेत्रमा काम गरेका मूर्तिकारहरूलाई पूर्णरूपमा दक्ष बनाउने उद्धेश्यले थ्रीडी मोडलिङको आयोजना गरेको प्रतिष्ठानका कुलपति केके कर्माचार्यले बताए।

मूर्तिकलासम्बन्धी ज्ञान भएका र यसको आवश्यकता भएकालाई मात्रै यहाँ स्थान दिएका बताइएको छ। नेपालमा थ्रीडीबाट मूर्ति बनाउने व्यक्ति कमै भएकाले मूर्तिकलाभित्र ल्याउनका लागि पनि हामीले कार्याशालाको आयोजना गरिएको कर्माचार्यको भनाइ छ। प्रशिक्षक भिसनराज भण्डारीले काठ र ढुंगामा मूर्ति बनाउने कलाकारहरू डिजिटल प्रविधिमा पनि अघि बढ्नुपर्छ भन्ने लक्ष्य राखेर सिकाउन थालेको जानकारी दिए।

ल्यापटपमा बनाएको मूर्तिको आकारलाई थ्रीडीबाट प्रिन्ट गर्नु नै थ्रीडी मोडलिङ भएको उनको भनाइ छ। जसलाई आफ्नो आवश्यकताअनुसार सानो ठूलो आकारमा प्रिन्ट गर्न सकिने उनी बताउँछन्। थ्रीडीको विकास र विस्तार भएको धेरै समय नभए पनि अन्तर्राष्ट्रिय स्तरमा यसको प्रभाव र आवश्यकता बढी भएकाले नेपाली कलाकारले पनि यसको ज्ञान लिन आवश्यक रहेको भण्डारीको बुझाइ छ। ल्यापटप कम्प्युटरमा पनि माटो र ढुंगामा जति नै मेहनत गर्नुपर्ने देखिए पनि कलाकारले आफ्नो धारणा डिजिटल विधिमार्फत प्रस्तुत गर्न पाउने भएकाले समयअनुसार प्रभावकारी भएको उनले बताए।

प्रकाशित: ३० फाल्गुन २०७६ ०५:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App