२ मंसिर २०८१ आइतबार
image/svg+xml
कला

प्रोट्रेट कोर्दै कलाकार

काठमाडौं – नक्सालस्थित नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा शनिबारदेखि ‘कोरौं मुहार चित्र’ शीर्षकको कार्यक्रम सुरु भएको छ। इन्टरनेसनल वाटर कलर सोसाइटी नेपालले कलाकारलाई केन्द्रित गरेर साप्ताहिक रूपमा सञ्चालनमा ल्याएको कार्यक्रमको उद्घाटन नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति केके कर्माचार्यले गरेका थिए।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ रमेश खनालले संसारभरका विभिन्न देशमा १४ औं शताब्दीमा सुरु भएको मुहार चित्र बनाउने कला पछिल्लो केही वर्षमा नेपालमा समेत प्रचलित हुँदै गएको बताए।

वाटर कलर सोसाइटी नेपालका अध्यक्ष एनबी गुरुङ कार्यक्रमबारे जानकारी गराएका थिए। ‘धेरै मानिसको अपेक्षा प्रोट्रेट चित्र कोर्नमा भएकाले यस कार्यक्रमले कलाकारहरूलाई त्यससम्बन्धी जानकारी दिइरहेको छ। वाटर कलर अफ्ठ्यारो माध्यम भएकाले हामीले यसमार्फत चित्र कोर्न जोड दिइरहेका छौं,’ उनले भने। उनले कार्यक्रममा तयार भएको चित्रकलाहरू प्रदर्शनीमा राख्ने जानकारी गराए।

कार्यक्रममा सहभागी चित्रकारहरू भीम श्रेष्ठ, लालकाजी लामा, दिपेन्द्र बनेपाली र भीम सुब्बा तामाङलगायतले प्रज्ञा–प्रतिष्ठानका कुलपति केके कर्माचार्यको प्रोट्रेट क्यानभासमा तयार गरेका थिए।

प्रकाशित: ४ फाल्गुन २०७६ ०२:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App