१० मंसिर २०८१ सोमबार
image/svg+xml
कला

वाग्लेको ‘पुनर्वास’ बजारमा

काठमाडौं – लेखक सर्वज्ञ वाग्लेको उपन्यास ‘पुनर्वास’ बजारमा आएको छ। आइतबार राजधानीको नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले उनीद्वारा लिखित ‘पुनर्वास’ विमोचन गरेका थिए।
नेपाल र भारतको क्षेत्रमा रहेका नागरिकले भोगुपरेको समस्यामाथि उपन्यास आधारित रहेको छ।

पुस्तक विमोचनलगत्तै नेता रामचन्द्र पौडेलले मानिसको संबेदनालाई जागृत गर्न साहित्यले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए। ‘देशमा हाल भइरहेको गतिविधिलाई साहित्यमार्फत साहित्यकारले सबैलाई सचेत गराउँदै आएका छन्। देशमा भएका राजनैतिक परिवर्तनले आर्दशको सट्टा विकृतिहरूलाई प्राथमिकता दिएको महसुस हुन्छ। त्यस्ता विकृति हटाउन साहित्यको भूमिका महत्वपूर्ण रहेको छ,’ उनले भने।
साहित्यकार कृष्ण धराबासीले प्रकृति, मानव जीवन र अन्य उपयोगी बिम्बहरूमार्फत उपन्यासलाई रोचक बनाएको बताए।

लेखक वाग्लेले कञ्चनपुरको सीमा समस्याका बारेमा स्थलगत भ्रमण गरेर संकलन गरेका तथ्य उपन्यासमा समावेश गरेको बताए। उपन्यासलाई शिखा बुक्सले प्रकाशित गरेको छ।

प्रकाशित: २० माघ २०७६ ०३:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App