२६ आश्विन २०८१ शनिबार
image/svg+xml
कला

मिसेस युनिभर्समा भाग लिँदै बिनु

काठमाडौ- चीनको गन्जाओमा आयोजना भएको ‘४७ औं मिसेस युनिभर्स २०१९’ मा नेपालकी बिनु लामिछानेले भाग लिने भएकी छन्। यही २२ डिसेम्बरबाट ३० डिसेम्बरसम्म उक्त प्रतियोगिता हुने छ। उनी ‘टुडेज उमन मिसेस नेपाल युके’ समेत हुन्।

सन् २०१८ को मिसेस नेपाल युके विजेता बनेपछि उनले मिसेस युनिभर्समा भाग लिने अवसर पाएकी हुन्।

लामिछानेले अहिले प्रतियोगिताको तयारीका लागि ग्रुमिङ, प्रिजेन्टेसन, पर्सनालिटी लगायतको प्रशिक्षण दिईरहेकी छन्। उनी बेलायतमा डेन्टल सर्जरी प्राक्टिस म्यानेजरको रुपमा कार्यरत छन्।

अन्तराष्ट्रिय स्टेजमा नेपाल र नेपालीको तर्फबाट प्रतिनिधित्व गर्न पाउँदा खुसी लागेको उनले बताइन्।

प्रकाशित: ४ पुस २०७६ ०६:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App