१६ वैशाख २०८१ आइतबार
image/svg+xml
कला

‘भुरभुरा रहर’ को च्यारिटी सो

बर्दिया – थारु भाषाको फिल्म ‘भुरभुरा रहर’ को च्यारिटी सोको आयोजना भएको छ। बिहीबार बर्दियास्थित बढैयाताल गाउँपालिका– ८ स्थित कालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सभाहलमा फिल्मको च्यारिटी सो गरिएको थियो।

थारु समुदायकी किशोरीको रहर पुरा नहुँदाको मनोवैज्ञानिकमाथि आधारित ‘भुरभुरा रहर’ फिल्म पहिलो पटक प्रदर्शन गरिएको थियो। ‘भुरभुरा रहर’ ले हावामा उड्ने रहरको वर्णन गर्दछ। दसैंको अवसरमा थारु समुदायका युवा युवतीहरुले नाच्ने सखिया नाचलाई फिल्ममा समावेश गरिएको छ। फिल्ममा गरिबीका कारण आवश्यक सामग्री नहुँदा साथीको माझ एक किशोरीले अनुभव गरेको मनोवैज्ञानिक पाटोलाई समावेश गरिएको छ।

‘थारु समुदायको रीतिरिवाज, भेषभूषा, धर्म र संस्कृतिका साथै थारुको सामाजिक, सांस्कृतिक र आर्थिक स्थितिको पाटोमाथि फिल्म निर्माण भएको छ,’ फिल्म निर्देशक मदन चौधरीले भने, ‘थारु भाषामा पछिल्लो समयमा बनेका फिल्ममध्ये यसलाई उत्कृष्ट बनाउन सकेसम्मको प्रयास गरेको छु।’ सो फिल्म बर्दिया आसपासका विभिन्न थारु गाउँमा खिचिएको थियो।

रंगकर्मी सुशील चौधरीले फिल्मको कथा लेखेका छन्। यसै कथामाथि तयार भएको नाटक यसअघि राजधानीमा मञ्चन भएको थियो। ‘थारु समुदायको सांस्कृतिक तथा भेषभूषा र परम्परालाई प्राथमिकता दिएर फिल्मको कथा लेखिएको छ,’उनले भने।

प्रकाशित: १७ आश्विन २०७६ ०४:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App