२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
कला

‘मिटु अभियानले हलिउडलाई परिवर्तन गर्यो’

न्युयोर्क  – हलिउड अभिनेत्री क्रिस्टिन स्टेवार्टले मिटु अभियानका कारण हलिउड परिवर्तन भएको बताएकी छिन्। फ्रान्समा आयोजना भइरहेको डेउभिल युएस फिल्म महोत्सवमा सहभागी उनले मिटु अभियानले रातारात हलिउडलाई व्यावहारिक रूपमा परिवर्तन गराएसँगै लैगिंक भिन्नतालाई स्वीकारेर नयाँ अवसरको सिर्जना गर्न तत्पर रहेको तर्क गरिन्।

अस्करमा सेसर अवार्ड जित्ने एकमात्र अभिनेत्री स्टेवार्टले भनिन्, ‘हामी समान छौं भने किन हामी सबै खुला रूपमा बोल्न सक्दैनौं ? कारण, हामी उस्तै छैनौ – महिला र पुरुष समान छैनन्। हामीले कुराकानी गर्ने तरिका फरक भएजस्तै हाम्रो क्षमतापनि भिन्न छन्। पारस्परिक रूपमा एक अर्काको भिन्नता स्वीकार गर्दैन।’

‘सेबर्ग’ फिल्मको प्रचारमा व्यस्त उनका अनुसार मिटु अभियानले सबैलाई गम्भिर भएर सोच्न बाध्य बनाएको छ। ‘मिटु अभियानले सबैलाई गम्भिर बनाएको छ। यसमाथि व्यंग्य गर्नेको मानिसपनि छन्। तर, कामको बहानामा कसैलाई पीडा दिएको त छैन् भनेर सोच्न बाध्य भएका छन्। यौन दृव्र्यवहार गरेर गल्ती गरेको स्विकारेर पछुतो मान्नेपनि छन्,’उनले भनिन्।

केही समयअघि उनले हार्पर बजारसँगको अन्तर्वार्ताको क्रममा यौनिकताका कारण फिल्म उद्योगमा सामना गरेको भेदभावको बारेमा बोलेकी थिइन्। ‘मलाई भनिएको थियो, ‘यदि तपाई आफैले केही गर्न चाहनुहुन्छ र सार्वजनिक रूपमा आफ्नी गर्लफ्रेन्डको हात समातेर हिड्नुहुन्न भने तपाईले ‘मार्भलका फिल्म’ पाउनुहुनेछ। म त्यस्ता व्यक्तिहरूसँग काम गर्न चाहन्न, ’उनले भनेकी थिइन्। सन् २०१३ को ‘ट्वाइलाइट’ फिल्मकी अभिनेत्री स्टेवार्ट हाल भिक्टोरियाज सिक्रेट मोडल स्टेला म्याक्सवेलसँग डेट गरिरहेकी छिन्। द्विलिंगी (बाइसेक्सुअल) अभिनेत्री स्टेवार्टले लैंगिक समानताका बारे भनिन्, ‘यस बारेमा मैले बारम्बार बोल्नु जरुरी छैन्।’

प्रकाशित: ३० भाद्र २०७६ ०३:०२ सोमबार

मिटु_अभियान हलिउड