१९ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

दोहामा ‘नेपथ्य’ को आवाज

दोहा – नेपाली लोक पप ब्याण्ड नेपथ्यले कतारको राजधानी दोहामा सांगीतिक प्रस्तुति दिएका छन्।  आइतबार ईश्लाम धर्मावलम्बीहरुको चाड ‘इद अलअदा’ र जनैपूर्णिमाको अवसरमा नेपथ्यले दोहास्थित एशियन टाउन एम्पीथिएटरमा सांगीतिक प्रस्तुति दिएका थिए।  

‘बहु साँस्कृतिक विविधताले यो संसारलाई एउटा रमाइलो गाउँ बनाएको छ।   आकाशतिर सोझिएको नजर अगाडिको दर्शक दिर्घामा घुमाउँदै नेपथ्यका मुख्य गायक अमृत गुरुङले भने, ‘आफ्नो कक्षमा १२ दिन यात्रा गरेपछि यो चन्द्रमाले मुसलमान समुदायमा इद पर्व ल्याइरहेको छ भने अबको तीन दिनमा यसै चन्द्रमाले पूर्ण आकार लिएर हाम्रो हिन्दूबहुल नेपाली समुदायमा भने जनैपूर्णिमा ल्याइदिनेछ। ’

इद र जनैपूर्णिमा दुवैको सामूहिक शुभकामना दिँदै गायक गुरुङले जनैपूर्णिमाको दिन लाङटाङको गोसाइकुण्डमा लाग्ने मेलाको परिवेश सम्झँदै त्यसै क्षेत्रबाट संकलन गरेर तयार पारेको गीतबाट कन्सर्ट सुरु गरेँ।  गायक गुरुङले ‘भेँडाको उनजस्तो’, ‘छेक्यो छेक्यो’, ‘शिरफूल शिरैमा’, ‘लामपाते सुरती’ जस्ता गीतहरु प्रस्तुति गरेका थिए।  कतारमा संघर्ष गरिरहेका तन्नेरीहरुलाई समर्पण गर्दै उनीहरुका प्रियहरुको सन्देश स्वरुप सुनाए , ‘मै मरि जाउँला जीवन छोट्टो छ’, ‘लेखेको सम्झना चेत्तेर नफाल’, ‘सिरानमा फोटो छ’।

यसअघि सन् २०१४ मा यो ब्याण्डले पहिलोपटक कतारमा आफ्नो सांगीतिक प्रस्तुति दिएको थियो।  कतारमा कन्सर्टको आयोजना ‘लेभल एफएन एडभटाईजिङ एण्ड इभेन्ट’ ले गरेको थियो।   गायक अमृतलाई ब्याण्डका सदस्यहरु ड्रम सेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, गिटारमा निरज गुरुङ, बेस गिटारमा सुविन शाक्य र मादलमा शान्ति रायमाझीले सघाएका थिए।

प्रकाशित: २९ श्रावण २०७६ ०२:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App