१९ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

सजिव संग्रहालयको बाटोमा

मध्यपुर थिमीका जात्रा तथा पर्व निकै लोकप्रिय छन्। बिस्केटमा मनाइने सिन्दुरे जात्राको रङ होस् वा जिब्रो छेड्ने जात्रामा देखाइने संस्कृतिप्रतिको अगाध आस्था। बोडेमा नाचिने नवदुर्गा नाँच होस वा थिमिमा बज्ने धिमेको धुन। सबैले  संस्कृतिप्रेमीलाई  सदियौदेखि तानिरहेको छ। नगरमा जात्रा मात्र होइन, दैनिक रूपमा देखिने जीवनशैली पनि त्यति नै आकर्षक छन्। माटाका  भाडा बनाइरहेका कुमाले हुन् वा चर्खा कातिरहेका वृद्धा। पाटीमा बसेर भजन गाइरहेका बूढापाका हुन् वा खल्याङकुटी खेलिरहेका नानी। सबैले नगरको सांस्कृतिक शोभा बढाइरहेका छन्। नकदेशमा घरको ढोकामा बसेर सागका मुठा बाँधिरहेका किसान हुन् वा बोडेमा चिउरा कुटिरहेका पसले। सबैले नगरको पहिचान जोगाइरहेका छन् । हरेक कुना र गल्लीहरूबाट अझै पनि शताब्दियौं देखिको परम्परागत आकर्षक दृश्य तथा सांस्कृतिक स्पर्श मिल्छ।

नगरमा जात्रा मात्र होइन, दैनिक रूपमा देखिने जीवनशैली पनि त्यति नै आकर्षक छन्। भाडा बनाइरहेका कुमाले हुन् वा चर्खा कातिरहेका वृद्धा। पाटीमा बसेर भजन गाइरहेका बुढापाका हुन् वा खल्याङकुटी खेलिरहेका नानी। सबैले नगरको सांस्कृतिक शोभा बढाइरहेका छन्। यहाँका हरेक कुना र गल्लीहरूबाट अझै पनि शताब्दियौंदेखिको परम्परागत आकर्षक दृश्य तथा सांस्कृतिक स्पर्श मिल्छ।

मूर्त–अमूर्त कलाको भण्डार रहेको थिमि नगरभित्र जीवित संग्रहालय बनाउने तयारी मध्यपुर नगरपालिकाले गरेको छ। नगरपालिकाभित्र रहेका मूर्त–अमूर्त कला, संस्कृतिक सम्पदादेखि सम्पूर्ण विषयको खोज, अनुसन्धान, संरक्षण र विकास गर्नेगरी गुरुयोजना निर्माण भइरहेको  नगरप्रमुख मदनसुन्दर श्रेष्ठ बताउँछन्। यसको लागि गुरुयोजना निर्माण अन्तिम चरणमा पुगेको उनले सुनाए। ‘गुरुयोजना निर्माण सम्पन्न भएसँगै त्यसलाई कार्यान्वयनमा लैजान्छौँ अनि मध्यपुर थिमिभित्र जीवित संग्रहालय निर्माण गर्छाैं,’  उनले भने, ‘मध्यपुर थिमिलाई नमुना सांस्कृतिक नगरी बनाउने हाम्रो योजना छ।’

नगरका बहुआयामलाई संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्न सके पर्यटनसँगै सिंगो समाजको समृद्धि हुने उनको बुझाइ छ।
चैत्र ३ गते प्रदेश ३ प्रमुख अनुराधा कोइरालाले ‘सांस्कृतिक नगरी मध्यपुर थिमि’ घोषणा गरेसँगै  प्रदेश सरकारको सहयोगमा नगरपालिकाले गुरुयोजना निर्माण थालेको हो। नगरपालिकामा रहेका  सांस्कृतिक सम्पदाको खोज, अनुसन्धान र संरक्षणका लागि गुरुयोजना निर्माण गरिएको श्रेष्ठले बताए। गुरुयोजनामा नगर क्षेत्रभित्र रहेका भाषा, हस्तलिपि, भेषभुषा, गीत–संगीत, बाजागाजा, नृत्य तथा झाँकी, रितिरिवाज तथा परम्परा, गरगहना लगायतको खोजी भैरहेको उनले बताए। त्यसैगरी परम्परागत खानपान, पेशा, बस्ती र सम्पदा, धारा, इनार, पाटी, पौवालगायत सांस्कृतिक सम्पदाको पहिचान गरी संरक्षणका योजना समेटिने मेयर श्रेष्ठले सुनाए। मध्यपुरथिमि नगरपालिकाले सांस्कृतिक गुरुयोजना निर्माण र कार्यान्वयनमा संचारकर्मीको भूमिका महत्वपूर्ण रहने बताएको छ।

गुरुयोजनामा नगर क्षेत्रभित्र रहेका भाषा, हस्तलिपि, भेषभुषा, गीत–संगीत, बाजागाजा, नृत्य तथा झाँकी, रितिरिवाज तथा परम्परा, गरगहना लगायतको खोजी भैरहेको उनले बताए। त्यसैगरी परम्परागत खानपान, पेशा, बस्ती र सम्पदा, धारा, इनार, पाटी, पौवा लगायत सांस्कृतिक सम्पदाको पहिचान गरी संरक्षणका योजना समेटिने मेयर मदनसुन्दर श्रेष्ठले सुनाए।   नगरका बहुआयामलाई संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्न सके पर्यटनसँगै सिंगो समाजको समृद्धि हुने उनको बुझाइ छ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरले बिहीबार आयोजना गरेको एक कार्यक्रममा नगरप्रमुख श्रेष्ठले संचारकर्र्मी र सरोकारवालाबाट आएका महŒवपूर्ण सुझाव आएकाले तिनलाई गुरुयोजनामा समेटिने जानकारी दिए। उक्त कार्यक्रममा संस्कृतिकर्मी रविन्द्र पुरीले मध्यपुर थिमि सांस्कृतिक सम्पदामा धनी भएको बताउँदै नगरपालिकाले संस्कृति संरक्षणमा लिएकोमा खुसी व्यक्त गरे। नगरपालिकाभित्रको परम्परागत बस्तीलाई जीवित संग्रहालयसमेत बनाउँदा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्ने उनको बुझाई छ।

पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीले  नगरपालिकाले  सांस्कृतिक सम्पदाको संरक्षणमा देखाएको चासोले सबैलाई खुसी पारेको सुनाए। नगरभित्र रहेका मूर्त–अमूर्त कलाको प्रचारप्रसारमा संचारकर्मीले आफ्नो भूमिका निभाउने उनले बताए।

नगरपालिकाले सांस्कृतिक नगरीको गुरुयोजना निर्माणका लागि बनाएको तर्जुमा समितिका सदस्य नवीन प्रकाश श्रेष्ठले ३, ५ र १० वर्षे योजना गुरुयोजनामा समावेश गर्न लागिएको बताए। गुरुयोजनालाई पूरा गरी पूर्णरूपमा कार्यान्वयनमा ल्याएपछि आगामी १० वर्षभित्र मध्यपुर थिमि नगरपालिका देशकै नमुना नगरपालिकाको रूपमा स्थापित हुने उनको विश्वास छ।

प्रकाशित: १४ असार २०७६ ०२:११ शनिबार

संग्रहालय मध्यपुर_थिमि जात्रा शनिबार