२० आश्विन २०८१ आइतबार
image/svg+xml
कला

मतपरिणामले सुधारेको देओल परिवारको सम्बन्ध

मुम्बई – भारतीय लोकसभा निर्वाचन २०१९ को नतिजा सार्वजनिक भइसकेको छ। हिन्दी फिल्मको पर्दामा गदर मच्चाउने अभिनेता सनी देओलले यो निर्वाचनमा विजय हात पारिसकेका छन्। पन्जाबको गुरदासपुरबाट पहिलोपटक सांसदमा उठेका सनीले ‘डेब्यू’ उम्मेद्वारीमै सफलता पाइसकेका छन्। उनले काँग्रेसका प्रत्यासी सुनिल जाखडलाई पराजित गर्दै सांसद पद सुरक्षित गरेका हुन्।

यसपटकको चुनावमा सनीसँगै उनकी सौतेनी आमा बलिउडकी ‘ड्रिम गर्ल’ हेमा मालिनीले पनि चुनाव जितेकी छन्। अघिल्लो पटक भारतीय जनता पार्टीको टिकटबाट मथुरामा चुनाव जितेर संसद पुगेकी हेमालाई दोस्रो पटक पनि मथुराका जनताले नै चुने। एकै परिवारका फिल्मकर्मी सदस्यले चुनाव जितेपछि देओल परिवारमा हर्षोल्लास त छँदैछ नै। यो परिणामले अभिनेता धर्मेन्द्रको परिवारका सदस्यबीच बिग्रदो सम्बन्धलाई सुधार्नेमा फिल्मकर्मी आशावादी छन्।

खास गरी देओल परिवारमा सनीको हेमा र सौतेनी बहिनी इशा देओलसँगको सम्बन्ध सुमधुर छैन। तर चुनाव जितेलगत्तै बहिनी इशाले ट्वीटरमा सनीलाई बधाईको सन्देश लेखेपछि दाजुबहिनीको सम्बन्धमा सुधारको आशा गरिएको छ। ‘बधाई सनी देओल। मेरो शुभकामना जहिल्यै तपाईंसँग छ’, भन्दै ईशाले ट्वीटेकी छिन्। त्यसको जवाफमा सनीले ‘धन्यवाद ईशा देओल’ रिट्वीट गरेका छन्। दाजुबहिनीबीचको यो सौहार्दताले देओल परिवारमा मात्र खुशी छैनन्। उनीहरूका शुभचिन्तकले ट्वीटरमा प्रतिक्रिया दिँदै अझ बढी खुशी व्यक्त गरेका छन्।

एकै परिवारका फिल्मकर्मी सदस्यले चुनाव जितेपछि देओल परिवारमा हर्षोल्लास त छँदैछ नै। यो परिणामले अभिनेता धर्मेन्द्रको परिवारका सदस्यबीच बिग्रदो सम्बन्धलाई सुधार्नेमा फिल्मकर्मी आशावादी छन्।

सनी र ईशो सम्बन्ध बिग्रनुको एउटा कारण पनि छ। सन् २०१२ मा ईशाले भतर तख्तानीसँग विवाह गर्दा उक्त विवाह समारोहमा सनी र उनका भाई बबी अनुपस्थित थिए। देओल दाजुभाइको अनुपस्थितिको विषयलाई मिडियाले राम्रो स्थान दिएको थियो। ईशाकी कान्छी बहिनी आहनाको विवाहमा पनि दुई भाइ अनुपस्थित थिए। तर भाइ अभय देओलको विवाहमा भने सनी र बबी उपस्थित थिए।

ईशाले निर्वाचन आयोगकको प्रमाणपत्रका साथ हेमाको तस्बीर राख्दै ‘उहाँले दोस्रोपटक विजय हासिल गर्नुभएको छ। बधाई र दोस्रो राउण्डका लागि मेरो शुभकामना। भारतीय नागरिक भएको हिसाबले तपाईंले सानदार काम गरिरहनुभएको छ’ भन्दै बधाईको ट्वीट गरेकी छन्। इशाले आफ्नो दाई र आमालाई जितको बधाई दिए पनि सनी र हेमाले एकअर्कालाई बधाई कहिले दिन्छन् भन्ने चासो उनका शुभचिन्तकमाझ व्यग्र छ।

सनी र हेमाबीचको सम्बन्ध राम्रो छैन। दुवैलाई कुनै पनि सार्वजनिक वा पारिवारिक समारोहमा सँगै आएको कसैले देखेका छैनन्। सनी धर्मेन्द्रको पहिलो श्रीमति प्रकाश कौरका छोरा हुन्। सन् २०१७ मा भएको एक कार्यक्रममा हेमाले सनीसँगको सम्बन्धलाई लिएर ‘जोकोही पनि हामीबीच कस्तो सम्बन्ध छ भनेर जान्न चाहन्छन्। तर यो सम्बन्ध निकै राम्रो र मधुर छ। उनी धर्मेन्द्रजीसँग बस्छन्। खासगरी मेरो दुर्घटना पछि सम्बन्ध सुमधुर छ’ जवाफ दिएकी थिइन्।

सन् २०१५ मा राजस्थानको दौसाबाट फर्किइरहँदा हेमाको कार दुर्घटनामा परेको थियो। त्यो बेला सनी तुरुन्तै हेमाको स्वास्थ्यवस्था बुझ्न अस्पताल पुगेका थिए। हेमाका अनुसार देओल परिवारमा उनलाई भेट्न पहिला सनी नै पुगेका थिए। सनीले हेमालाई टाउकोमा टाँका लगाउने राम्रो डाक्टरको सिफारिस गरेका थिए। यसपटक संसदमा आमाछोरा सँगै उपस्थित हुँदैछन्। संसदमा पुगेपछि दुवैजनाले एकापसलाई कसरी ‘ट्रिट एन्ड ग्रिट’ गर्छन् भन्ने चासो सर्वत्र छ।

प्रकाशित: १२ जेष्ठ २०७६ ०१:४४ आइतबार

लोकसभा_निर्वाचन सनी_देओल हेमा_मालिनी